काठमाडौं– ७–८ घन्टा सुतेपछि बिहान उठ्दा एकदमै ताजा महसुस हुन्छ। सारा थकान मेटिएजस्तो लाग्छ। तर केही मानिसहरु यस्ता छन् जसलाई बिहान उठ्ने बित्तिकै टाउको दुख्न थाल्छ।
बिहान उठ्ने वितिकै हुने टाउको दुखाइले तपाईंलाई दिनभरि थकान महसुस गराउने गर्दछ विज्ञहरूका अनुसार बिहान उठ्ने बित्तिकै टाउको दुख्नुका धेरै कारण हुन सक्छन्। यदि तपाईलाई पनि बिहान उठ्ने बित्तिकै टाउको दुख्ने समस्या छ र तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको कारण जान्न जरुरी हुन्छ। बिहान उठ्ने बित्तिकै टाउको दुख्ने कारणहरूको बारेमा जानौं।
विज्ञहरू भन्छन्, बिहान टाउको दुखाइ सामान्य हो। तर टाउको दुख्नुका धेरै कारणहरु हुन सक्छ। यदि कसैलाई डिहाइड्रेसन छ भने उसलाई टाउको दुख्ने समस्या हुन सक्छ। यसका साथै अत्याधिक मदिरा सेवन गर्दा वा लामो समय घाममा बस्दा पनि भोलिपल्ट बिहान उठ्ने बित्तिकै टाउको दुख्न सक्छ। तनाव र रोगहरूले पनि तपाईंको टाउको दुखाइलाई तीव्र बनाउन सक्छ।
टाउको दुखाईका लक्षणहरू:
धेरैलाई टाउको दुख्ने विभिन्न तरिकाले हुन सक्छ। उदाहरणका लागि, माइग्रेन टाउको दुखाइलाई प्रायः तीव्र दुखाइ हुने गर्दछ। क्लस्टर टाउको दुखाइले आँखा भित्र र वरपर गम्भीर दुखाइ हुने गर्दछ। यस्तै समान्य टाउको दुखाइ। यो सामान्यतया संक्रमण वा रोगको कारणले गर्दा सामान्यतया नाक, आँखा वा निधारको वरिपरि दुख्ने गर्दछ।
कस्तो प्रकारको टाउको दुखाइ हुन्छ?
कुल मिलाएर लगभग ३०० प्रकारका टाउको दुखाइहरू हुने गर्दछ। बिहानको टाउको दुखाइ सामान्यतया बिहान ४ देखि ९ बजेको बीचमा सुरु हुन्छ र यसबाट पीडित व्यक्तिलाई निन्द्रा लाग्दैन। यो टाउको दुखाइ क्लस्टर दुखाइ वा माइग्रेन दुखाइ पनि हुन सक्छ। अनुसन्धानले पत्ता लगाएको छ कि बिहान टाउको दुख्ने अधिकांश मानिसहरूलाई निद्राको समस्या हुन्छ।
टाउको दुखाइ किन हुन्छरुस् विज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै टाउको दुख्ने मानिसलाई धेरै कारण हुन सक्छ।
अनुसन्धानले पत्ता लगाएको छ कि बिहानको टाउको दुखाइ सर्काडियन रिदम विकारहरूको कारणले पनि हुन सक्छ। यो तब हुन्छ जब शरीरको प्राकृतिक तवर तरिकाका विपरित हुन्छ। जस्तै अफिसको शिफ्टहरू परिवर्तन गर्दा, मानिसहरू सुत्ने समयमा उठ्ने गर्दछन्। किनभने जब तपाईं प्राकृतिक घडीको विपरीत सुत्नुहुन्छ। तपाईंलाई राम्रोसँग निद्रा लाग्दैन र यसले गर्दा पनि टाउको दुख्ने गर्दछ।
यदि कसैलाई निद्रा सम्बन्धी समस्या छ भने पनि बिहान टाउको दुख्न सक्छ। यसको कारण के हो भने निद्रालाई नियन्त्रण गर्ने मस्तिष्कको भागले दुखाइलाई पनि नियन्त्रण गर्छ। अब त्यो भागमा गडबडी भयो भने बिहानै टाउको दुख्ने स्वभाविकै हो।
अन्य निद्रा समस्याहरू जस्तै नार्कोलेप्सी, निद्रामा हिँड्ने, गलत सिरानीको साथ सुत्ने, र निद्रा तालिकामा अचानक परिवर्तन जस्तै अत्यधिक निद्रा वा निद्रामा समस्या, टाउको दुखाइका कारणहरु हुने गर्दछन्।
बिहानको टाउको दुखाइ पनि स्लीप एपनियाको अवस्थाको एक प्रमुख चेतावनी संकेत हो। जुन धेरै मानिसहरूलाई थाहा नहुने गर्दछ। यो एक अवस्था हो जसमा वायुमार्गहरू साँघुरिन्छ र रातको समयमा सास फेर्न अस्थायी रूपमा रोकिन्छ। यसले भोलिपल्ट टाउको दुख्ने र थकान मात्र नभई राती घुर्ने समस्या पनि बढाउँछ।
धेरै टाउको दुख्नु घातक हुन्छ। कहिलेकाहीँ सहनै नसक्ने गरी टाउको दुख्दा हामी आफैँले औषधी किनेर खाने गर्दछौं। कतिपय अवस्थामा सहन नसक्ने गरी टाउको दुख्यो वा अचानक टाउको दुख्न थाल्यो भने तत्काल अस्पताल जानु पर्दछ। धेरै टाउको दुख्दा लामो समयसम्म उपचार गरिएन भने ज्यान पनि जान सक्छ।