काठमाडौँ– न्याय सेवा आयोगले ५ जना सहसचिवहरूको सरुवा गरेको छ। आज (बुधबार) बसेको आयोगको बैठकले सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन्।
न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन्।
फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन्।
![]()