जाडोयाममा शख्खर खाने सल्लाह किन दिइन्छ? - Chaitanya News
  • 2026-05-05
  • 14:50:31
  • मंगलबार,बैशाख २२, २०८३
  • जाडोयाममा शख्खर खाने सल्लाह किन दिइन्छ?

    जाडोयाममा शख्खर खाने सल्लाह किन दिइन्छ?

    काठमाडौं– जाडोयाममा त्यस्ता कुरा खान मन लाग्छ, जसले शरीरलाई तातो अनुभव गराउँछ। जाडोयाममा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।

    धेरै मानिसलाई चिसो मौसममा शख्खर खान अत्यधिक मन पर्छ। दिनहुँ शख्खर खानुका विभिन्न फाइदा छन्।

    पेटसंग सम्बन्धित समस्या:

    जाडोयाममा शख्खर सेवन गर्न प्रायः लाई मन पर्छ। यसले शरीरलाई तातो अनुभव गराउनुको साथै विभिन्न फाइदा पनि हुन्छ। शख्खर दिनहुँ सेवन गर्नाले पेटसंग सम्बन्धित समस्यामा राहत प्राप्त हुन्छ।

    प्रतिरोधक क्षमता:

    शरीरलाई डिटक्स गर्नका लागि पनि शख्खर सेवन गर्न सकिन्छ। शख्खर प्रतिरोधक क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ। जाडोमा प्रायः शख्खर सेवन बढी मात्रामा गरिन्छ।

    हड्डि बलियो:

    शख्खरमा क्याल्शियम, फस्फोरस, म्याग्नेशियम, पोटाशियम अत्यधिक पोषक तत्व पाइन्छ, जसले शरीरलाई रोगहरुबाट बचाउन सहयोग पुर्याउँछ। हड्डिलाई बलियो सहयोग गर्छ।

    रुघा–खोकी:

    जाडोयाममा रुघा खोकिबाट राहत पाउनका लागि पनि शख्खरको सेवन गर्न सकिन्छ। शख्खरको विशेषता तातो हुने भएकाले यसले शरीरलाई जाडोयाममा तातो बनाउने काम गर्छ।

    छाला सफा:

    छाला सफा राख्न र अनुहार चम्किलो बनाउन पनि शख्खरको प्रयोग गर्न सकिन्छ। जाडोमा चिसोका कराण शरीर दुखेमा पनि शख्खरको सेवनले राहत पुर्याउँछ।