एजेन्सी– जाडोको मौसममा शखरखण्ड एकदमै धेरै खाने गरिन्छ। किनकी यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। साथमा यो धेरै मात्रामा जाडो समयमा पाइन्छ।
यसलाई खाएर तपाईं आफ्नो शरीरको तौल कम गर्न पनि सक्नुहुन्छ। आउनुहोस् जानौं यसलाई कसरी खाँदा तौल कम गर्न सकिन्छ।
– शखरखण्डलाई तपाईं भुटेर चाट बनाएर खान सक्नुहुन्छ । यसमा मरिच, जिरा पाउडर र कालो नुन राखेर खानुहोस् ।
–त्यस्तै तपाईं शखरखण्डलाई रोटीको रुपमा पनि खान सक्नुहुन्छ। यसलाई गहुँको पिठोमा म्यास गरेर यानिकी मसिनो गरी मिचेर मिसाउनुहोस्।
अन्य रोटी वा परौठा जसरी यसलाई बनाएर खानुहोस्।
–त्यस्तै तपाईं सिधै पानीमा उमालेर पनि यसलाई खान सक्नुहुन्छ। यो शखरखण्ड खाने सबैभन्दा सजिलो तरिका हो।
–शखरखण्ड सीमित मात्रामा खानुपर्दछ । यसलाई तपाईं धेरै तेलमा भुटेर भन्दा थोरै तेल राखेर सानो आगोमा भुटेर खान सक्नुहुन्छ।
–तपाईं यसलाई नास्ता पनि खान सक्नुहुन्छ । यसको सेवनले तपाईंलाई लामो समय भोक लाग्दैन। जसले गर्दा तौल कम गर्न सहयोग पुग्नेछ।
–स्वस्थ रहनका लागि पनि यसको सेवन गर्न सकिन्छ। किनकी यसलाई खाएर तपाईं दिनभर ऊर्जावान महसुस गर्नुहुनेछ।
–शखरखण्डमा क्यालोरीको मात्रा कम हुन्छ। त्यसैले पनि यसलाई तौल कम गर्नका लागि आफ्नो खानपानमा समावेश गराउन सकिन्छ।