दुध र अन्डा साथमा खानु कति सही? - Chaitanya News
  • 2026-05-05
  • 15:52:32
  • मंगलबार,बैशाख २२, २०८३
  • दुध र अन्डा साथमा खानु कति सही?

    दुध र अन्डा साथमा खानु कति सही?

    एजेन्सी– कतिपय मानिसले आफ्नो स्वास्थ्यलाई फिट राख्नका लागि नास्तामा दुधसँगै अन्डाको सेवन गर्ने गर्छन्। बच्चालाई पनि दुध र अन्डा सँगै दिने धेरैको बानी हुन्छ। आउनुहोस् दुध र अन्डा खाँदा कस्तो असर हुन्छ यसबारेमा जानौं।

    दुध र अन्डा एक साथ बिहान सेवन गर्न सकिन्छ। यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई कम गर्न पनि सहयोग गर्छ।

    दुध र अन्डा साथमा खानु कतिपयका लागि भने हानिकारक पनि हुन सक्छ । त्यसैले विशेषज्ञहरुको राय लिएर मात्र यसलाई साथमा सेवन गर्नु उपयोगी हुन्छ।

    दुध र अन्डामा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन्। जसले कपाल झर्न पनि कम गर्न सक्छन्। साथमा यसले कपाललाई स्वस्थ बनाउँ ।

    यी दुबैमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा दुध र अन्डा खाँदा मांसपेशीहरु पनि बलियो हुन्छन्।

    दिनभर आफ्नो मुड राम्रो बनाइ राख्नका लागि दुध र अन्डा खाने गर्नुहोस्। यो स्ट्रेस कम गर्न पनि सहयोगी हुन्छ।