माओवादीलाई मैले उद्धार गरेँ, तर त्यो गुन तिर्न सकेनन् : अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-26
  • 01:49:57
  • शनिबार,बैशाख १२, २०८३
  • माओवादीलाई मैले उद्धार गरेँ, तर त्यो गुन तिर्न सकेनन् : अध्यक्ष ओली

    माओवादीलाई मैले उद्धार गरेँ, तर त्यो गुन तिर्न सकेनन् : अध्यक्ष ओली

    सुर्खेत– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सकिन लागेको माओवादी पार्टीलाई एमाले पार्टी र आफूले उद्धार गरेका बताएका छन्। कालिकोटका रास्कोट नगरपालिकाको स्युना बजारमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माओवादीको उद्धार गरेको र पछि धोका पाएको बताएका हुन् ।

    ‘प्रचण्डलाई सह–अध्यक्ष बनाए। माओवादीसँग मिलेर एउटै घोषणापत्र ल्यायौं। चुनावमा ३६ सिट जिताएँ। सिद्धिन्न लागेको माओवादीलाई बचाए। पार्टी एकीकरण गरे।’ ओलीले भने, ‘आफैँ अल्मपत पर्नेगरी मैले उनीहरूलाई पार्टीमा हैसियत दिएँ। तर, उनीहरूले त्यो गुन तिर्न सकेनन्।’

    केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले रास्कोटमा आएर झुट बोलेको अध्यक्ष ओलीले आरोप लगाए। ‘कांग्रेसका पछि लागेर यही रास्कोटमा आएर झुट कुरा गर्ने। केपी ओलीले प्रतिगमन गर्रयो भन्ने रु’ उनले भने,‘मैले जनमतका लागि चुनावमा जाउँ पो भनेको हुँ।’

    उनले भने,‘जनयुद्धका नाममा आफन्तलाई सेवा सुबिधा दिइरहेका छन्। घाइते, अपांग र शहीद परिवारले के पाएका छन्?’
    अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार हाँडीघोप्टे भएको संज्ञा दिए।