एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ? :अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-26
  • 01:50:24
  • शनिबार,बैशाख १२, २०८३
  • एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ? :अध्यक्ष ओली

    एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ? :अध्यक्ष ओली

    कालिकोट– एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन्। आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ? एउटै घोषणापत्र छैन। एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छरु कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन्।’

    तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ। ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ।’