गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा - Chaitanya News
  • 2026-05-25
  • 04:11:14
  • आइतबार,जेठ १०, २०८३
  • गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

    गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौँ– गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। हरेक १५ पुसमा गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

    यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन्। ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।