सरकारलाई गाली गर्दै घेरा हाले र गाडीमा आगजनी गरे : मन्त्री ज्वाला - Chaitanya News
  • 2026-11-19
  • 14:16:24
  • बिहिबार,मंसिर ०४, २०८३
  • सरकारलाई गाली गर्दै घेरा हाले र गाडीमा आगजनी गरे : मन्त्री ज्वाला

    सरकारलाई गाली गर्दै घेरा हाले र गाडीमा आगजनी गरे : मन्त्री ज्वाला

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले सरकारलाई गाली गर्दै घेरा हालेर गाडीमा आगजनी गरेका हुन्।

    क्वाटरबाट मन्त्रालय आउने क्रममा बालकुमारीमा गाडीमा आगजनी भएको ज्वालाले बताए। ‘क्वाटरबाट मन्त्रालय जाँदै थिए। जाने क्रममा बालकुमारीमा गाडी घेरा हाले। मैले सम्झाउने प्रयास गरे। म बाटोमै हिँडी रहेको छु मन्त्रालय जाँदै छु’, मन्त्री ज्वालाले भने, ‘सरकारलाई गाली गर्दै घेरा हाले। पछि म गाडीबाट निस्किए। पछि टायरको हावा फुस्काएछन् र आगजनी गरेछन्।’