सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती - Chaitanya News
  • 2026-06-07
  • 09:00:32
  • आइतबार,जेठ २४, २०८३
  • सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती

    सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती

    काठमाडौँ– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ। आज (बिहिबार)बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्।

    उनले भने, ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ। प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरू अब अन्यत्र कामकाजमा जानुहुन्छ। प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो। त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो। हामी विस्तार गरेर जान्छौँ।