उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-11-19
  • 14:16:09
  • बिहिबार,मंसिर ०४, २०८३
  • उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस

    उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस

    काठमाडौँ– नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन्। बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए।

    सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो। नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए।