दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदै - Chaitanya News
  • 2026-06-07
  • 09:01:26
  • आइतबार,जेठ २४, २०८३
  • दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदै

    दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदै

    काठमाडौँ– दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदैछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश जाने अवधि पुगेका ज्येष्ठ सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको हो।

    शुरुमा अवधिका हिसाबले प्रदेश जाने सहसचिवहरूको सूची चार दर्जन पुगेको भए पनि विभिन्न मन्त्रालयबाट विभागीय प्रमुखमा भर्खरै मात्र पठाएकाहरूलाई तत्कालै सरुवा गर्दा अर्को समस्या देखिने भएकोले सूची घट्न पुगेको हो।

    अवधिका हिसाबले प्रदेश पठाएको अवस्थामा केही ठुला आकर्षक९मालदार० अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका थिए। अब भने प्रदेश नै नगई मन्त्रालयमा बसेका वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाइने छ भने प्रदेशबाट प्रदेशमै गएकाहरुलाईसमेत संघमा ल्याइने बताइँदै आइएको छ।

    कतिपय प्राविधिक मन्त्रालयहरूमा सचिव बढुवाको लाइनमा रहेका सहसचिवहरूसमेत प्रदेश नगई सङ्घमै सेटिङ मिलाएर बसेका छन् भने कतिपय प्रदेशबाटै अर्को प्रदेशमा साँठगाँठमा काम गरिरहेका छन्।

    केही समय अघिसम्म पालो अनुशार नै ज्येष्ठ सहसचिवहरूलाई प्रदेश पठाइँदै आइएको थियो तर क्रमशः कतिपय कनिष्ठलाई प्रदेश धकेलेर वरिष्ठहरू यही सेट मिलाएर बस्न शुरु भयो। जसले गर्दा पछिल्लो समय रोलक्रम नै बिग्रिएको छ।

    स्रोतका अनुशार मन्त्रालयले प्रारम्भिक छलफल पछि फाइनल सूची तयार गर्दै छ। सम्भवतः सरासर भएको अवस्थामा आउँदा क्याबिनेटबाट सहसचिव सरुवाको निर्णय हुन सक्ने छ।

    अघिल्लो सहसचिवको सरुवा सूचीमा झैँ थप्ने र हटाउने खेलमा तेरो र मेरो मै तानातान भएको अवस्थामा भने सरुवा सूची सदर हुन महिनौँ पनि लाग्न सक्ने ब्युरो स्रोत बताउँछ ।

    त्बनक स् प्रदेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा सहसचि