कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार भन्दा पनि बढीको आवेदन - Chaitanya News
  • 2026-05-04
  • 12:14:45
  • सोमबार,बैशाख २१, २०८३
  • कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार भन्दा पनि बढीको आवेदन

    कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार भन्दा पनि बढीको आवेदन

    काठमाडौँ– कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

    उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन्।

    पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिइएको थियो। ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले शुक्रबार राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए।

    कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो। यसमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि आवेदन दिएर परीक्षामा अनुत्तीर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो।

    अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सम्भावना रहेको जनाइएको छ।