मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी, (सूचनासहीत) - Chaitanya News
  • 2026-05-04
  • 12:32:05
  • सोमबार,बैशाख २१, २०८३
  • मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी, (सूचनासहीत)

    मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी, (सूचनासहीत)

    काठमाडौँ– मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले करारमा नवौं तहदेखि छैटौँ तहसम्मका कर्मचारी माग गरेको छ ।

    निर्देशनालयले आज एक सूचना जारी गर्दै नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूति रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

    यस्तैगरी, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौँ तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

    योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्।