काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका निकाय र सार्वजनिक संस्थानहरूका नाममा ४८ बुँदे निर्देशन जारी गरेको छ।
गत मंसिर ६ र ७ गते सरकारका नियामक निकाय र सार्वजनिक संस्थानका पदाधिकारीसँग अन्तर्क्रिया गरेपछि अख्तियारले बुधबार ४८ बुँदे निर्देशन जारी गरेको हो।
बिनाप्रतिस्पर्धा वा आवश्यकता बेगर सार्वजनिक खरिद ऐन वा नियमावलीको सीमाभित्र पारी परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्ने,” अख्तियारले भनेको छ।