काठमाडौ– सांसद सर्वेन्द्रनाथ शुक्लाले जबसम्म फाष्ट ट्र्याक पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्य पुष्टि नहुने बताएका छन्। आज (बुधबार) राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने समेत बताए।
उनले भने, ‘फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ। जबसम्म यो बाटो पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्यपूर्ण हुँदैन। प्रारम्भिक बिन्दु खोकना अत्यन्त जटिल छ। जटिलता फुकाउने प्रयास के भयो त रु समस्या समाधान सेनाको हातमा मात्रै छैन।’
उनले आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्ने समेत बताए । ‘आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्छ तर मन्त्री हुनुहुन्न।’ उनले यो विषयमा नेपाल सरकारभित्रै समन्वय भएको नदेखिएको बताए ।