काठमाडौँ १ मा गठबन्धनले नै जित्छ : प्रकाशमान सिंह - Chaitanya News
  • 2026-04-25
  • 22:44:28
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौँ १ मा गठबन्धनले नै जित्छ : प्रकाशमान सिंह

    काठमाडौँ १ मा गठबन्धनले नै जित्छ : प्रकाशमान सिंह

    काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन्।

    शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन्।

    उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे। उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।

    नेता सिंहले भने, ‘हामीले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर, आधार मानेर अघि बढिरहेका छौँ। गठबन्धन संविधानलाई रक्षा गर्न बनेको हो। केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो भन्ने कुरा जनताले महसुस हुनेगरी काम गर्न चाहेका छौँ। संविधान जारी गर्‍यौँ तर त्यसलाई लागू गर्न आवश्यक संघीय कानुनको अभावका कारणले गर्दा संघीय सरकार, प्रान्तीय सरकार र स्थानीय सरकारहरूको अधिकार जुन छ, त्यसको कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणको आवश्यक छ। जनताले के फरक भयो भन्ने कुरा भनिरहेका छन्। उत्साहजनक छ घरदैलो कार्यक्रम। काठमाडौँ १ मा गठबन्धनले नै जित्छ। स्वच्छ खानेपानी कहिले दिन्छौ भनेर कराउँछन्। शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने, स्वास्थ्यमा निःशुल्क र गुणस्तर हुनुपर्ने माग गरेका छन्।’

    घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी भएका थिए।

    काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आसन्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन्।