त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज - Chaitanya News
  • 2026-05-04
  • 12:33:08
  • सोमबार,बैशाख २१, २०८३
  • त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

    त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ। दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन्। साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ।

    यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको छन्। २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन्।

    यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ।

    दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ। त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ। एमफीलरपीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ। ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने भएको छ।