सिडिओसहित चार उपसचिवको सरुवा - Chaitanya News
  • 2026-07-16
  • 15:03:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • सिडिओसहित चार उपसचिवको सरुवा

    सिडिओसहित चार उपसचिवको सरुवा

    काठमाडौँ– दुई जिल्लाका सिडिओसहित चार उपसचिवको सरुवा भएको छ।

    गृह मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो।

    गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको छ।

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। महेश कुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ।