पूर्वप्राथमिक तह शिक्षक नेतृत्व कार्यशाला उद्घाटन - Chaitanya News
  • 2026-05-04
  • 11:36:21
  • सोमबार,बैशाख २१, २०८३
  • पूर्वप्राथमिक तह शिक्षक नेतृत्व कार्यशाला उद्घाटन

    पूर्वप्राथमिक तह शिक्षक नेतृत्व कार्यशाला उद्घाटन

    काठमाडौं– चैतन्य इन्स्टिच्युट पर रिसर्च एण्ड डेभ्लपमेन्टले धनगढीमा दुई दिने पूर्वप्राथमिक तह शिक्षामा सकरात्मक अभ्यास र आयामहरू विषयक कार्यशाला आयोजना गरेको छ।

    आजबाट सुरु भएको कार्यशाला दुई दिनसम्म सञ्चालन हुने इन्स्टिच्युटले जनाएको छ। धनगढीको गार्डनर होमस्टे एण्ड रिसोर्टमा कार्याशाला आयोजना भइरहेको छ।

    कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम सरकारका मुख्य सचिव डा. हरि लम्साल रहेका छन्। यस्तै कार्यशालाको मुख्य बक्तामा शिक्षाविद् प्रोफेसर डाक्टर हेमराज पन्त र सहजकर्तामा डा. मिनाक्क्षी दाहाल तथा शुष्मा दाहाल रहेका छन्।

    बालबिकासमा रहेका बालबालिकालाई कसरी पढाउने भन्ने सम्बन्धमा तालिम दिइने आयोजक संस्थाले बताएको छ।

    जग बलियो भएमात्र घर बलियो हुन्छ। त्यसैले सबै भन्दा पहिला जग बलियो बनाउनुपर्छ। त्यसका लागि बालबिकासमा अध्यापनरत जनशक्ति आफैँमा दक्ष हुनुपर्छ। सोही अनुरुप हामीले यो प्रशिक्षणको आयोजना गरेका हौआयोजक संस्थाले भनेको छ।