लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-कर्मचारीतन्त्र) - Chaitanya News
  • 2026-09-15
  • 19:10:39
  • मंगलबार,भाद्र ३०, २०८३
  • लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-कर्मचारीतन्त्र)

    लोकसेवा तयारी गरिरहेकाहरूका लागि निकै उपयोगी सामग्री (विषयगत-कर्मचारीतन्त्र)



    कर्मचारीतन्त्र

    •काम र अधिकारलाई विभिन्न विभाग र कर्मचारीमा विभक्त गरी उनीहरुका बीचमा समन्वयात्मक ढङ्गले सामूहिक प्रयत्नद्वारा लक्ष्य प्राप्ति गर्न प्रयोग गरिने सङ्गठनको खास स्वरुप
    •यसमा धेरै व्यक्ति र एकाइका बीचमा आदेशको श्रृङ्खला, आदेशको एकात्मकता र नियन्त्रणको दायराका सिद्धान्तमा रही अनुशासित र व्यवस्थित ढङ्गले काम गर्ने प्रबन्ध गरिएको हुन्छ।
    •योग्यता प्रणालीबाट छानिएका स्थायी कर्मचारीले कानून बमोजिम निर्वैयक्तिक, तटस्थ र व्यवसायिक तवरले कार्य सम्पादन गर्दछन्।
    •कर्मचारीतन्त्रमा पदसोपानमा आधारित ठुलो संगठन हुने हुँदा कर्मचारीको वृत्ति विकासको अवसर हुन्छ।
    •सुरुमा नकारात्मक दृष्टिकोणबाट व्याख्या गरिएको कर्मचारीतन्त्रलाई बीसौं सताब्दिको मध्यबाट म्याक्स वेवरको आदर्श कर्मचारीतन्त्रको अवधारणाको प्रशिद्धिसँग कुनै पनि ठूलो संगठन (समाज समेत) को अनुशासित सञ्चालन तथा व्यवसथापनको आधारका रुपमा लिन थालियो।

     

    कर्मचारीतन्त्रका विशेषता

    • कामको विभाजन (Division of labor)
    • अधिकारको सोपान (Authority hierarchy)
      – आदेशको श्रृङ्खला
      – पदसोपान
      – आदेशको एकात्मकता
      – नियन्त्रणको दायरा
    • औपचारिचक नियम (Formal rules): स्वीकृत ऐन, नियम एवं कार्यविधिमा आधारित
    • औपचारिक छनौट (Formal selection): कर्मचारी भर्ना योग्यता प्रणालीका आधारमा सबैले प्रतिस्पर्धा गर्न पाउने प्रक्रियाबाट
    • निर्व्यक्तिकता (Impersonality): व्यक्ति नचिनिने, तटस्थ र वस्तुगत व्यवहार गर्ने, faceless and anonymous
    • वृत्तिउन्मुखता (Career orientation): कर्मचारीको वृत्ति विकासका अवसर भएको र वृत्तिविकास केन्द्रित व्यवहार।
    • व्यवसायिकता (Professionalism)
    • स्थायित्त्व र अविच्छिन्नता (Stability and continuity)
    • वैद्यानिकता र विश्वानीयता (Legitimacy and trustworthiness)

     

    कर्मचारीतन्त्रका प्रकार

    १. अभिभावक कर्मचारीतन्त्र
    २. जातीय कर्मचारीतन्त्र
    ३. सैन्य नियन्त्रित कर्मचारीतन्त्र
    ४. संरक्षक कर्मचारीतन्त्र
    ५. लुट प्रणालीमा आधारित कर्मचारीतन्त्र
    ६. प्रतिनिधिमुलक/समावेशी कर्मचारीतन्त्र
    ७. योग्यता प्रणालीमा आधारित कर्मचारीन्त्र
    ८. तटस्थ र प्रतिवद्ध कर्मचारीतन्त्र
    ९. सन्तुलित कर्मचारीतन्त्र

     

    कर्मचारीतन्त्रका सवल पक्ष

    • स्पष्ट र प्रक्षेपण गर्न सकिने क्रियाकलाप,
    • औचित्य र वैधानिकता,
    • विशेषज्ञताका आधारमा कामको विभाजन,
    • विश्वसनीयता,
    • अनुशासन र एकता,
    • निष्पक्षता तथा समान व्यवहार,
    • निरन्तरता र स्थायित्व,
    • पेशामा निपुणता र विशिष्टता,
    • राजनीतिक तटस्थता,
    • योग्यता प्रणाली,
    • वृत्ति विकासका अवसर,
    • व्यवस्थित लिखित अभिलेख।

     

    कर्मचारीतन्त्रका दुर्वल पक्ष

    • लालफिताशाही, प्रक्रिया उन्मुखता,
    • उद्देश्यविहिनता,
    • अपारदर्शी कार्यप्रक्रिया,
    • शक्तिको भोक र शक्ति सम्पन्न समुदायको पक्षपोषण,
    • यन्त्रिक प्रकृति, मानवीय पक्षको वेवास्ता,
    • नागरिकहरूप्रति प्रतिबद्ध नहुने,
    • अप्रतिस्पर्धी कार्यसंस्कार र
    • कर्तव्यभन्दा अधिकारमा जोड,
    • सङ्गठनको विस्तार र कर्मचारी सङ्ख्या वृद्धिमा चाख,
    • सेवक होइन शासकको मानसिकता,
    • जोखिम मोल्नभन्दा गल्ती नगर्नतर्फ लाग्ने,
    • कर्मचारीहरूमा प्रभुत्वाभास।

     

    कर्मचारीतन्त्रका चुनौती

    • आफैंभित्रका विद्यमान विकृति र विसङ्गतिहको अन्त्य गर्नु,
    • तीब्र सामाजिक तथा राजनीतिक परिवर्तनको व्यवस्थापन गर्नु,
    • पर्यावरणमा देखापर्ने निरन्तर परिवर्तन अनुरूप समायोजित हुनु,
    • वातावरणीय, आर्थिक तथा प्राकृतिक सङ्कटहरूको सामना गर्नु,
    • जनशक्ति, प्रविधि र वित्तीय स्रोतको सीमितताका बीच नागरिक अपेक्षा गर्नु,
    • निजी तथा गैरसरकारी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु,
    • नागरिक समाज, आमसञ्चार जगत र दवाव समूहको खवरदारीको सम्बोधन गर्नु,
    • सार्वजनिक क्षेत्रको गिर्दो साखलाई पुनर्जीवित गर्नु,
    • भूमिकामा परिवर्तनका बावजूद सरकारको महत्त्व र अपरिहार्यता कायम राख्नु,
    • विश्वव्यापीकरण र आर्थिक उदारीकरणको जोखिम न्यूनीकरण गर्नु,
    • कार्यशक्ति विविधताको व्यवस्थापन गर्नु।

     

    कर्मचारीतन्त्रका विकल्प

    क) संस्थागत विकल्पः

    • एजेन्सीकरणः अर्धसरकारी तथा अर्धस्वायत्त संस्था/निकायहरु मार्फत
    • अर्धबजारीकरणः सार्वजनिक क्षेत्रभित्रै प्रतिस्पर्धा र छनौट सिर्जना हुने संयन्त्रमार्फत जस्तै भौचरका आधारमा तोकिएका जुनसुकै निकायबाट सेवा लिन पाउने।
    • बजारीकरणः निजी कर्पोरेशन तथा निजी संस्थाहरुमार्फत
    • सार्वजनिक निजी साझेदारी
    • गैर सरकारी संस्था र नागरिक संगठनहरुमार्फत
    • सामुदायमा आधारित संस्थाहरुमार्फत

    ख)  कार्यगत विकल्पः प्रशासन र प्रकृयामा सुधार, उत्तरदायित्त्व र पारदर्शित प्रवर्दधन, मितव्ययिता कार्यकुशलता र प्रभावकारीतामा जोड, अनुमतिपत्र नियमन र नियन्त्रणमा लचकता, सूचना प्रविधिको प्रयोग र डिजिटाइजेशन, अनलाइन सेवा, घुम्ती सेवा आदि र कर्मचारीको व्यवहारसँग सम्बन्धित सुधार ।

     

    नेपालको कर्मचारीतन्त्रका समस्या

    • निर्णय नलिने र जिम्मेवारी पन्छाउने प्रवृत्ति,
    • शासकको मानसिकता र प्रभुत्वाभासको व्यप्तता,
    • ढिलासुस्ती, अपारदर्शिता र प्रक्रिया उन्मुखता,
    • एकाधिकारवादी सोच र अप्रतिस्पर्धी कार्यशैली,
    • कर्मचारीतन्त्र माथिको अधिक राजनीतीकरण,
    • जोखिम मोल्न तयार नहुने प्रवृत्ति,
    • कमजोर उत्तरदायित्व र जवाफदेहिता,
    • परिवर्तनलाई प्रतिरोध गर्ने संस्कृति,
    • कर्मचारीमा अपेक्षित क्षमता, सिर्जनशीलता र नवीनताको कमी,
    • सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा उदासिनता,
    • संस्थागत स्मृति र विशेषज्ञताको अभाव,
    • परम्परागत सोच तथा मनोवृत्ति,
    • बढ्दो अनियमितता र भ्रष्टाचार ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100