मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा माग्यो नवौंदेखि चौथो तहसम्मका कर्मचारी - Chaitanya News
  • 2026-09-22
  • 05:50:26
  • मंगलबार,आश्विन ०६, २०८३
  • मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा माग्यो नवौंदेखि चौथो तहसम्मका कर्मचारी

    मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा माग्यो नवौंदेखि चौथो तहसम्मका कर्मचारी

    काठमाडौँ– मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा नवौंदेखि चौथो तहसम्मका कर्मचारी मागेको छ।

    जनस्वास्थ्य प्रयोगशालाले आज एक सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा करारमा कर्मचारी मागेको हो। आवश्यक कर्मचारीको संख्या भने खुलाएको छैन।

    योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मधेश रक्त सञ्चार सेवा जनकपुरधाममा उपस्थित भएर दरखास्त दिन सक्नेछन्। करार अवधि २०८१ असार मसान्तसम्म रहनेछ।