सेवा लम्साल सचिवमा बढुवा - Chaitanya News
  • 2026-09-22
  • 05:50:13
  • मंगलबार,आश्विन ०६, २०८३
  • काठमाडौँ– सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। आज (बिहीवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयकी सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम एकल सिफारिस गरेको थियो।