सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस - Chaitanya News
  • 2026-05-04
  • 11:34:26
  • सोमबार,बैशाख २१, २०८३
  • सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस

    सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस

    काठमाडौँ– सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो।

    बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै लेखापरीक्षणतर्फ दुई र आर्थिक योजना तथा तथ्याङ्कतर्फ एक गरी तीन जनाको नाम सिफारिस गरेको छ।

    लेखापरीक्षणतर्फ बढुवा सिफारिस हुनेहरूमा घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय रहेका छन् भने आर्थिक योजना तथा तथ्याङ्क सेवातर्फ महेश कुमार सुवेदी रहेका छन्।