भुकम्पका कारण बाजुरामा चौध वटा घरका छाना भत्किए - Chaitanya News
  • 2026-10-11
  • 10:43:28
  • आइतबार,आश्विन २५, २०८३
  • भुकम्पका कारण बाजुरामा चौध वटा घरका छाना भत्किए

    भुकम्पका कारण बाजुरामा चौध वटा घरका छाना भत्किए

    बाजुरा– बुधवार गएको भुकम्पका कारण बाजुरामा चौध वटा घरका छाना पुर्णरुपमा भत्किएका छन्।

    खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्र विन्दु बनाएर ६.६ रेक्टरको गएको भूकम्पले खप्तड राष्ट्रिय निकुञ्जसँगै रहेका बाजुराको खप्तड छेडे दह गाउँपालिका, बूढी गङ्गा, नगरपालिका लगायतका चौध घरछाना पुर्णरुपमा भत्किएका हुन्।

    बाजुरा खप्तड छेडे दह गा.पा. २ कर्द बस्ने पृथ्वी बम, खडक थापा, विक्रम थापा, पारुदेवी रावल, प्रेम रावल राजबहादुर रावल, मनदेवी रावल शेरबहादुर रावल, विक्रम रावल, हस्त रोकाया बुढिगङगा नगरपालिका ८ मोटावाडा बस्ने खगेन्द्र खड्का, तुलसी देवी दमाई, हिमाली गा.पा. ५ नन्दापाटा बस्ने जयारुप कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    त्यसै गरी बूढी नन्दा ७ मा रहेको शिद्धेश्वरी आवासीय आधारभूत विद्यालय,र बडिमालिका नगरपालिका ८ मा रहेको बाजुरा क्याम्पसमा १० कोठे भवन समेत चिराचिरा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बताए। उनले भने भूकम्पका कारण अहिले बाजुरामा चौपाया तथा मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठुलो क्षति भएको छ।

    जिल्लाका नौ वटै स्थानीय तहमा प्रहरीले रिपोटीङ्ग गरिरहेको छ , कति भत्किएका छन्। कति घर दर्किएका हुन। त्यसको यकिन तथ्याङ्क अझै नआइपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोगटीले बताए।

    जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले , भूकम्पबाट केही घरछाना विद्यालय क्षति भए पनि मानवीय क्षति नभएको बताए।