एजेन्सी– बदामलाई महसँगै मिसाएर खाँदा शरीरमा कयौं फाइदा हुन्छन्। मह र बदाममा पाइने पोषक तत्वले शरीरलाई थुप्रै रोगहरुबाट बचाउन सहयोग गर्छ।
साथमा यी दुवै सँगै सेवन गर्दा शरीर फिट रहन्छ। आज यहाँ दुबैलाई साथमा खाँदा हुने फाइदाका बारेमा जान्नुहोस्।
बदाममा क्याल्सियम, फाइबर, आइरन, जिंक, भिटामिन सी जस्ता पोषक तत्वहरु हुन्छन्। त्यहीँ महमा म्याग्नेशियम, सोडियम र भिटामिन बीको राम्रो स्रोत पाइन्छ।
– बदाम र महमा क्याल्सियमको मात्रा एकदमै धेरै हुन्छ। यस्तोमा दैनिक यसको सेवनले हड्डी बलियो हुन्छ।
–बदाम र महको मिश्रण खाँदा तौल कम गर्न पनि सहयोग पुग्छ । यसमा पाइने कैयौं पोषक तत्वहरुले पेटको बोसोलाई पनि कम गर्ने काम गर्छ ।
त्यस्तै कपाललाई बलियो बनाउनका लागि पनि मह र बदाम खानुपर्दछ । यसमा पाइने प्रोटिन र भिटामिनहरुले कपाललाई बढाउनुका साथै यसलाई बलियो
तथा मुलायम पनि बनाउँछ ।
–बदाम र मह खानाले सुख्खा छाला र एक्जिमा जस्ता समस्याहरुबाट पनि राहत पाउन सकिन्छ । तर यसलाई अत्यधिक सेवन भने गर्नु हुँदैन ।