काठमाडौँ– संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार साँझ राजीनामा दिएका हुन्।
गौतमले हिजोकै मितिमा राजीनामा दिएको प्रवक्ता सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ। ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए।