कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयले गर्‍यो निवेदन माग - Chaitanya News
  • 2026-05-04
  • 11:28:19
  • सोमबार,बैशाख २१, २०८३
  • कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयले गर्‍यो निवेदन माग

    कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयले गर्‍यो निवेदन माग

    धनुषा– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ। आज (शनिवार) एउटा सूचना जारी गर्दै प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको हो।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सूचनामा सबै सेवा समूहका दसौं तहमा र प्रशासन सेवा, सामान्य प्रशासन समूह, विविध सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहका छैटौं र आठौँ तहमा स्तर वृद्धि हुने योग्यता पुगेका उम्मेदवारहरूले तीस दिनभित्र निवेदन दिन भनिएको छ।

    कर्मचारीले निवेदनका साथमा स्तर वृद्धि हुने तहभन्दा एक तह मुनिको पदमा तीन वर्ष सेवा अवधि पुगेको प्रमाण खुल्ने कागजात ९नियुक्ति पत्र, समायोजन पत्र तथा पदस्थापन पत्रको प्रमाणित प्रतिलिपि०, कम्तीमा तीस कार्य दिनको सेवासँग सम्बन्धित विषयमा सेवाकालीन तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (स्वास्थ्य सेवा बाहेक) पछिल्लो तीन आर्थिक वर्षामा कार्यरत रहेको कार्यालयको नाम र ठेगाना खुल्ने कागजात बुझाउनु पर्ने छ।