चार जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-05-04
  • 11:29:34
  • सोमबार,बैशाख २१, २०८३
  • चार जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

    चार जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

    काठमाडौँ– चार जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फ चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

    ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइवे उपसमूहतर्फका उपसचिव नरेन्द्र सुवेदी र दीप वाराही सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

    दुई जना सहसचिवमा बढुवाका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए। जसमा कृष्णराज पन्थ, रबिन्द्रलाल दास र राजेशप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए।

    यस्तै नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको स्यानिटरी उपसमूहतर्फका उपसचिव नारायणप्रसाद आचार्य र टिकाबहादुर चौधरी सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।