नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो (विज्ञापन सहीत) - Chaitanya News
  • 2026-05-04
  • 11:29:25
  • सोमबार,बैशाख २१, २०८३
  • नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो (विज्ञापन सहीत)

    नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो (विज्ञापन सहीत)

    काठमाडौँ– नेपाली सेनामा विभिन्न अधिकृत पदहरूमा भर्ना खुलेको छ।

    आज (शुक्रबार) सेनाले एक सूचना जारी गर्दै प्राड प्राविधिक–विविध सेवा तर्फका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो।

    प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ।

    यस्तै, मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ।

    यस्तैगरी, समाचार सम्पादक बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ।

    जारी सूचनामा पुस २१ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ। दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ।

    हेर्नुस् विज्ञापन :