1. जैविक विविधता दिवस कहिले मनाईन्छ ?
A. मे २१ B. मे २२ C. मे २३ D. मे २४
2. नेपालको संविधान बमोजिम संसदीय सुनुवाई नहुने पद तलका मध्ये कुन हो ?
A. प्रधानन्यायाधीश B. सर्वोच्च अदालतका न्यायाधीश
C. न्याय परिषद् का सदस्य D. उच्च अदालतका मुख्य न्यायधीश
3. जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. धेरै नगरपालिका भएको जिल्ला – रौतहट
२. बढी गाउँपालिका भएको जिल्ला – धादिङ
३. बढी स्थानीय तह भएको जिल्ला – पूर्वी रुकुम
A. सबै सहि B. १,३ मात्र सहि C. १,२ सहि ३ गलत D. २,३ सहि
4. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. यारी – हुम्ला B. कोरला – मनाङ
C. टिमुरे – रसुवा D. टिङकर – दार्चुला
5. तलका मध्ये कुन देशमा वाटरलुको युद्ध भएको थियो ?
A. फ्रान्स B. ईरान C. बेल्जियम D. ईन्डिया
6. नेपालमा पहिलो पटक मुलुकी ऐन कहिले जारी भएको हो ?
A.वि.स १९१० B.वि.स १९११ C. वि.स १९१२ D. वि.स १९१३
7. निम्नमध्ये नमिल्ने जोडा कुन हो ?
A. प्रथम गोपालवंश राजा – यक्षगुप्त
B. अन्तिम किराँती राजा – गस्ती
C. प्रथम लिच्छवि राजा – जयदेव प्रथम
D.प्रथम मल्ल राजा – अरिदेव
8. नेपालमा कानुनी रुपमा पहिलो पटक मृगौला प्रत्यारोपण गराउने को हुन ?
A. हेमराज श्रेष्ठ B. हेमराज तामाङ C.टोकराज दाहाल D. दिनवन्धु थापा
9. जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्सतर्फ कहिले जानुभएको हो ?
A. वि.सं. २०८० मङ्सिर १३ B. वि.सं. २०८० मङ्सिर १४
c) वि.सं. २०८० मङ्सिर १५ D) वि.सं. २०८० मङ्सिर १६
10. आल्पस पर्वत कुन महादेशमा अवस्थित रहेको छ ?
A. दक्षिण अमेरिका महादेश B. उत्तर अमेरिका
C.युरोप महादेश D. अष्ट्रेलिया महादेश
11. राष्ट्रिय निकुञ्जहरु स्थापना मितिको आधारमा पहिले देखि पछिको क्रमशः मिलाउनुहोस् ।
A. चितवन, लाङटाङ, सगरमाथा, बर्दिया, रारा, शे–फोक्शुण्डो
B. चितवन, लाङटाङ, सगरमाथा, बर्दिया, शे–फोक्शुण्डा,रारा
C.चितवन, लाङटाङ, बर्दिया, सगरमाथा, रारा, शे–फोक्शुण्डो
D. चितवन, सगरमाथा, लाङटाङ, बर्दिया, रारा, शे–फोक्शुण्डो
12. कुन राणा प्रधानमन्त्रीले गोरखापत्रमा तस्विर छाप्न अनुमति दिएका थिए ।
A. देव शमशेर B. जुद्धशमशेर C. पद्मशमशेर D. चन्द्रशमशेर
13. तलका भनाईहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. इसिमोडको स्थापना सन् १९८३ डिसेम्बर ५ मा भएको हो ।
२. इमिसोडमा सार्कका सबै सदस्य राष्ट्र सदस्य छन ।
३. नेपालले ऋक्ष्त्भ्क् मा सन् १९७५ जुन १८ मा हस्ताक्षर गरेको थियो ।
४. पृथ्वी सम्मेलन ब्राजिलको रियोद जेनेरियोमा भएको थियो ।
A.२ र ४ ठिक B.३ र ४ ठिक C. १,२ र ३ ठिक D. १,३ र ४ ठिक
14. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
A. चेपाङ 1. झापा
B.किसान 2. गोरखा
C. राजी 3.धादिङ
D. बरामे 4. सुर्खेत
A) a2,b1,c3,d4 B) a3,b1,c4,d2 C) a2,b4,c3,d1 D) a2,b1,c4,d3
15. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार बागमति प्रदेशमा साक्षरता दर कति रहेको छ ?
A. ७४ प्रतिशत B.७५ प्रतिशत C. ७६ प्रतिशत D. ७७ प्रतिशत
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह-I समूह-II
A. शिरिषको फुल, २०२२ 1. निलम कार्की
B. जीवन काँडा कि फुल, २०६७ 2.पारीजात
C. खलंगामा हमला, २०७० 3. झमक घिमिरे
D. योगमाया, २०७४ 4. राधा पौडेल
A) a1,b3,c2,d4 B) a2,b3,c4,d1 C) a1,b3,c4,d2 D) a4,b3,c1,d2
१७. विभिन्न प्रतिवेदन र नेपालको स्थान वीच कुन जोडा गलत छ ।
A.विश्व आर्थिक स्वतन्त्रता सुचाकांक, २०२३ -११० औ
B. विश्व प्रेस स्वतन्त्रता ,२०२३ -९५ औ
C.विश्व खुसी सुचाकांक, २०२३ – ७७ औ
D. हेनली पासपोर्ट सुचाकांक, २०२३ – १०२ औ
18. नेपालको अन्तरिम शासन विधान, २००७ र नेपालको अन्तरिम संविधान, २०६३ मा के समानता थियो ?
A. मौलिक अधिकार सम्बन्धि बेग्लै अभ्यास B.राजाको अधिकारको समाङ्कन
C. संविधान सभाको निर्वाचन गर्ने वाचा D. राज्यको दायित्व सम्बन्धी
19. स्थानिय निकायको आगामी वर्षको कार्यक्रमको लागि दिईने अनुदानको अनुमान नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुले कहिले सम्म पठाउनुपर्दछ ?
A. कात्तिक महिनाभित्र B. चैत्र महिना भित्र
C. अशोज अन्तिममा D.वैशाख १५ भित्र
20. अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३, कसलाई प्रदान गरिएको हो ?
A. क्लाउडिया गोल्डिन B.मुङ्गी बावेन्डी C. एलेक्सी इकिमोभ D. लुईस ब्रस
उत्तरहरुः
1. B 11. A
2. D 12. D
3. C 13. d
4. B 14. B
5. C 15. C
6. A 16. B
7. A 17. C
8. A 18. C
9. A 19. A
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100