नैतिक दर्शन, नैतिकता र सार्वजनिक प्रशासन - Chaitanya News
  • 2026-11-09
  • 03:22:52
  • आइतबार,कार्तिक २३, २०८३
  • नैतिक दर्शन, नैतिकता र सार्वजनिक प्रशासन

    नैतिक दर्शन, नैतिकता र सार्वजनिक प्रशासन

    नैतिकता सभ्य समाजको जीवननली हो । नैतिकता विनाको समाज स्वार्थीहरूको जमघट मात्र हो । जसबाट सुखी र समृद्ध समुदायको निर्माण हुन सक्दैन । व्यक्ति व्यक्तिको अनैतिक क्रियाकलापले समाजको स्वाभाविक विकासक्रमलाई प्रदूषित बनाउँछ । घृणा, द्वेष, स्वार्थ र परपीडाको दबदबा भएको समाजलाई समाजको संज्ञा दिन मिल्दैन । समाज भनेको सामूहिक स्वार्थ र कल्याणको लागि निर्माण भएको संस्था हो । कर्तव्य र स्वार्थबीचको द्वन्द्वमा जब व्यक्तिगत स्वार्थ सामूहिक स्वार्थमाथि हावी हुन थाल्दछ, तब समाजको स्वाभाविक अग्रगमनमा विराम लाग्दछ । त्यसैले हाम्रा धार्मिक र नैतिक शिक्षाले सुखको कल्पना, परोपकार र परसेवामा देखेको छ । परिवार, समाज, राष्ट्र र अझ विश्व नै नैतिक मूल्यहरूको परिपालनबाट समृद्ध र सुखी हुन सक्दछ । वास्तवमा व्यक्ति वृहत्तर समाजको एक अवयव मात्र हो र उसले वास्तविक अस्तित्व तथा कल्याण समष्टिमा निर्भर हुन्छ । ‘सर्वे भवन्तु सुखिना…’ र अझ ‘खोज्छौँ सबै सुख भनी सुख त्यो कहाँ छ, आपूमिटाई अरुलाई दिनु जहाँ छ’ जस्ता हाम्रा संस्कृतिका प्रेरक शिक्षाहरूबाट हामीले सिकेको पाठ यही हो ।
    परापूर्वकालदेखि नैतिक मूल्य र मान्यताहरूको चर्चा हुँदै आएको छ । यहाँसम्म कि युद्धको मैदानमा युद्ध उन्मादमा रगत बगाउनमा आफ्नो पुरुषार्थ देख्ने वीरहरूदेखि समाजका हरेक अगुवाहरूबाट यही आदर्शको पाठ समाजले सुन्दै आएको छ । त्यसो भए के हो त नैतिक दर्शन (Ethics)  र नैतिकता(Morality)यसबारे स्पष्ट हुन थुप्रै दार्शनिक र सैद्धान्तिक आधारहरू केलाउनु आवश्यक छ । नैतिक दर्शन (जसलाई हामी अङ्ग्रेजी शब्दमा (Ethics) भनेर बुझदछौँ) भनेको नैतिकता (Morality) को दर्शन हो र यसले नैतिक समस्या एवम् यससँग सम्बन्धित निर्णयसँग सम्बन्ध राख्दछ । समाजको स्वस्थ विकासको लागि सही (Right) र असल (Good)को रूपमा नै नैतिक दर्शन र नैतिकतालाई लिने गरिन्छ । राजनीतिशास्त्र र नैतिकशास्त्र (Ethics) दुवैले मानिसलाई नैतिक प्रतिनिधि (Moral agent) को रूपमा परिकल्पना गरेको छ । हरेक मानिसले सही र असल काम गर्न थाल्दछन् भने नैतिकताले युक्त समाज निर्माण हुने हुन्छ । यो असल र सही के हो भन्ने कुरा भने समाजका बहुसंख्यकले मानेको सांस्कृतिक मूल्यहरूमा निर्भर हुन्छ । नैतिक दर्शन (Ehics) ले के सही हो र के गलत हो भन्ने सिकाउँछ (Ethics involve learning what is right or worng). …नैतिक दर्शन भनेको दर्शनको शाखा हो । यो नैतिक दर्शन अथवा नैतिकताको दार्शनिक सोचाई, नैतिक समस्याहरू र नैतिक निर्णय हो।.… (Ethics is a branch of philosopy, it is a moral philosophy or philosophical thinking about
    morality, moral problems and moral judgements- FranKena; 2003) । त्यसैले दर्शनको सामान्य ज्ञान बेगर यसको चर्चा अधुरो नै हुन्छ । राजनीतिशास्त्रमा भने नैतिक दर्शनको भन्दा अलि फरक मान्यता रहेको देखिन्छ । दुवै विद्यामा नैतिक मूल्यका कुराहरू गरिए पनि जनप्रतिनिधित्वको प्रत्यायोजित सिद्धान्त (Delegated Theory of Representative) अनुसार प्रतिनिधिहरूले केही हदसम्म झुठो बोल्न छुट दिइएको छ (Cox, Buck and Morgan -1994)। झुठ, ईष्र्या, कपट जस्ता कुराहरूलाई नैतिक दर्शनले स्वीकारेको छैन ।
    नैतिक दर्शनको चर्चा गर्नासाथ यसका प्रखर व्याख्याता युनानी दार्शनिकहरूको चर्चा नगरी अपुरो हुन्छ । दार्शनिक सोक्रेटिशले आफ्ना चेला प्लेटोसँगको वार्तालापमा आधारित&(Creto) ; मा &(Ethics) को दार्शनिक पक्षको ज्यादै राम्रो व्याख्या गरेका छन् । त्यहाँ सोक्रेटिशले नैतिक नियमका (Moral Rules) ३ वटा प्रमुख नियमहरू र कर्तव्यबीचको द्वन्द्व सिर्जना भएको स्थितिमा थप दुई नियमहरूबारे चर्चा गर्नुभएको पाइन्छ । सोक्रेटिशका नैतिक नियमहरूमा
    (१) कसैलाई हानी नपु¥याउने
    (२) आफ्नो वचन पालना गर्ने
    (३) आफ्ना गुरु र बाबु आमाको आज्ञापालन र श्रद्धा गर्ने मुख्य रूपमा रहेका छन् । यहाँ सोक्रेटिशले भन्नुभएको गुरु र बाबुआमाको अर्थ सरकार र राष्ट्रलाई सांकेतिक रूपमा लिइएको छ (FranKena, 2003) । अत्यन्तै सरल अर्थमा उहाँले नैतिकताका यी ३ नियमहरू आफ्ना चेला र साथीलाई भन्नुभएको थियो । जुनबेला उहाँ यो शिक्षा दिँदै हुनुहुन्थ्यो । सरकार उहाँमाथि अनैतिक शिक्षा दिएको आरोपमा मृत्युदण्ड दिने तयारी गर्दै थियो । यस सन्दर्भमा उहाँमाथि शिक्षा दिन छाड्ने वा मृत्युवरण गर्ने ठूलो चुनौती रहेको थियो । यस जोखिमको बेला उहाँमाथि कर्तव्यबीचको द्वन्द्व भएकोले थप २ नियमहरू थप्नु भएको थियो
    (४) ईश्वर एपोलोले उहाँलाई अध्यापनकै लागि खटाइएको हो
    (५) राज्यको लागि उहाँको शिक्षा आवश्यक छ । वृहत्तर हितको लागि उहाँले राज्यको अवज्ञा गर्नुलाई प्राथमिकता दिएकोले खुसीसाथ मृत्युवरण गर्नुभएको देखिन्छ । यसरी सोक्रेटिशको वार्तालापमा आधारित(Creto) र प्लेटोको(Apology)मा चर्चा गरिएको नैतिक नियमहरू विचारोत्तेजक र अझ पनि उत्तिकै सान्दर्भिक छन् । नैतिक नियमहरूको बारे अन्य विद्वान्हरूले पनि चर्चा नगरेका होइनन् । विशप वटलरले ‘जीवनको नैतिक संस्था (The Moral Institution of Life) भनेर नैतिकताको परिभाषा दिनुभएको छ । उपयोगितावादीहरू बढी भन्दा बढी व्यक्तिहरूको हित गर्नु नैतिकता हो भन्दछन् तर, विद्वान्हरूको परिभाषा जे भए पनि एउटा कुरा के मानिएको छ भने यसको मापदण्ड हामी बसेको स्थानको सांस्कृतिक मान्यतामा परिभाषित हुन्छ, जुन धेरै हदसम्म बाह्य रूपमा लादिन्छ । विस्तारै व्यक्तिले आन्तरिकीकरण गर्दै लाँदा बानी एवम् व्यवहारको रूपमा विकसित हुन्छ । यी सांस्कृतिक मूल्य, मान्यता भने केही हदसम्म समाजपिच्छे फरक पनि हुने गर्दछ । सारांशमा खराब कामभन्दा असल कामको वृद्धि (Greater balance of good over evil) नै नैतिकता हो भन्ने गरिन्छ । दार्शनिक फ्रायडले मानिसले गलत स्वभावलाई इमान्दारिता (Honesty) जस्ता नैतिक आचरणले नियमन गर्दछ भनेका छन् ।
    अङ्ग्रेजी शब्दहरू( Ethics)र(Morality) वा(Moral) करिब उही अर्थमा प्रयोग गर्ने प्रचलनले केही द्विविधा हुने गरेको पाइन्छ । वास्तवमा यी शब्दहरू समानार्थी जस्ता देखिए पनि अर्थमा झिनो अन्तर रहेको बुझन भने आवश्यक छ ।.(Ethics)शब्दले नैतिकता सम्बन्धी दर्शनको कुराहरू गर्दछ भने(Morality)ले सही र असल कामको सिद्धान्त एवम् मापदण्डहरूसँग सम्बन्ध राख्दछ । नैतिकताको दार्शनिक आधारको लागि नैतिक दर्शन(Ethics) को सहारा लिनुपर्ने हुन्छ ।(Ethics)का दार्शनिक आधारहरूको परिपूर्ति वा कार्यरूपमा रूपान्तरण गर्न नैतिकता (Morality)ले विस्तृत सिद्धान्त र यसका मापदण्डहरू विकसित गर्दछ । त्यस्तै आचरण वा आचार संहिता (Code of conducts) र नैतिक दर्शन (Ethics) एवम् नैतिकता (Morality)बीचको अर्थको फरक बुझन पनि अति आवश्यक छ (Ethics) ले दार्शनिक आधार दिन्छ र Morality ले त्यसको प्राप्तिको लागि मापदण्डहरू(Standards) निर्धारण गरिदिन्छ भने आचरण वा आचार संहिता (Conducts or codes of conducts) ले कार्यक्षेत्रमा गर्नुपर्ने कार्य र सोको आचरण विशेष तोक्ने कार्य गर्दछ । त्यसैले यी शब्दहरूको अर्थको फरक छुट्याउँदै Craig Nordlum ले भन्नुभएको छ, आचार संहिताले कार्यक्षेत्रमा गर्नुपर्ने कार्यको विवरण दिन्छ भने नैतिक संहिता ती कार्यहरू सम्बन्धी निर्णय गर्ने सामान्य मार्गदर्शन हुन् । (Codes of conducts
    specify actions in the workplace and code of ethics are general guides to decisions about those actions-
    mapnp.org/library/ethics)। सरल अर्थमा(Ethics) ले सही र राम्रा कुराहरूको दार्शनिक पक्षको साथै सो प्राप्त गर्ने सामान्य मार्गदर्शन गर्दछ(Morality) ले यसको प्राप्तिको लागि आवश्यक मापदण्डको विकास गर्दछ भने आचार संहिता(Codes of Conducts)ले यी मापदण्डहरूलाई कार्यरूपमा रूपान्तरण गर्ने साधन (Tools) को काम गर्दछ ।
    कानून र नैतिकता (Law and Morality)
    सामान्यतया ‘कानून’ राज्य व्यवस्थासँग सम्बन्धित भएकोले राजनीतिशास्त्रसँग सम्बन्ध राख्दछ भने ‘नैतिकता’ नीतिशास्त्र (Ethics) सँग सम्बन्ध राख्दछ भन्ने बुझिन्छ तर व्यवहारमा ‘नैतिकता’ र ‘विधि’ को सम्बन्ध यो मान्यताभन्दा अलि भिन्न छ । नैतिकता पूर्ण रूपमा ‘कानून’ मा समाहित हुँदैन, तर नीतिशास्त्रका कैयन पक्षहरू विधिमा समावेश गर्ने प्रयत्न राज्यले गर्ने गर्दछ । राज्य सामाजिक व्यवस्थाको बाहिरी परिस्थिति निर्माण गर्दछ जुन नैतिक जीवनको लागि आवश्यक छ । तैपनि यो स्पष्ट छ कि राज्यले मात्र व्यक्तिलाई नैतिक बनाउन सक्दैन र यसको लागि व्यक्ति आपैmले कोशिस गर्नुपर्दछ । क्षेत्र, सामथ्र्य र निश्चितता– यी तीन कुराहरूमा नैतिकता र कानूनमा फरक छ । कानून व्यक्तिको बाहिरी क्रियाकलापलाई नियन्त्रित गर्दछ, व्यक्तिको आन्तरिक प्रेरणालाई कानूनले नियमन गर्न सक्दैन । अर्नेष्ट वार्करको शब्दमा ‘अन्तस्करणको कुरामा कसैलाई बाध्य गराउन सकिन्न (In matter of conscience, there is no compulsion)&quot)। मानिसको विचार, प्रेरक प्रवृत्ति (Motives) नैतिकताको क्षेत्रमा पर्दछ । कानून बाहिरी कार्यहरू नियमित गर्न सक्दछ ।
    तर नैतिकतालाई सक्दैन । इष्र्या, द्वेष, कृतघ्नता तथा धूर्तता सबै नैतिक दृष्टिले गलत भए पनि कानूनी दृष्टिले अपराध मानिँदैन । कानून मान्न त्यसको पछाडि भौतिक शक्तिले काम गर्दछ, जबकि नैतिकताको पालनामा अन्तस्करण, सामाजिक रोष र परमात्माको कोपभाजनको भय रहेको हुन्छ । कानून सबैको लागि समान हुन्छ भने नैतिक मापदण्ड व्यक्ति पिच्छे फरक हुन सक्दछ । त्यसैले नैतिक दायित्व र कानूनी दायित्वमा एकरूपता हुँदैन । विलासितामा लिप्त हुनु कानून दृष्टिकोणले अपराध नमानिए पनि नैतिक दृष्टिकोणले गलत मानिन्छ । नैतिकतालाई कानूनले समेट्न खोजे पनि सम्भव हुँदैन । मैकाइवरले सही भनेका छन्–‘सबै नैतिक दायित्वहरूलाई कानूनी दायित्वमा बदल्नु नैतिकताको नष्ट गर्नु हो । (To turn all moral obligation into legalobligations would be to destroy morality)। यसको सरल अर्थ यो हो कि राज्य नैतिकताको आदेश दिन सक्दैन । तैपनि राज्यले त्यो परिस्थितिको निर्माण गरिदिन्छ जसले नैतिक जीवन सम्भव हुन्छ । यी तथ्यहरूबाट नैतिकता र कानूनको फरक सहज रूपमा बुझन सहयोग पुग्दछ । निचोडमा के बुझन सकिन्छ भने नैतिकता परम्परा भन्दा फरक छ किनभने यसले केही हदसम्म कानूनसँग सम्बन्ध राख्दछ । यो कानूनभन्दा पनि फरक छ किनभने कैयन कुराहरू परम्परागत मान्यतासँग सम्बन्ध राख्दछ, यो विधायिका, कार्यपालिका र न्यायपालिकाबाट बन्ने र परिर्वतन हुँदैन । यो समाजको प्रशंसा र निन्दाका आकार र संकेत (Verbal Sign) बाट अभिव्यक्त हुन्छ । केही हदसम्म कानूनसँग सम्बन्ध राख्ने भएकोले ‘कानूनको सहारामा आत्म प्रशासित  हुन्छ भन्ने मानिएको छ ।
    सार्वजनिक प्रशासनमा नैतिकता (Self-governed at the feet of law-
    Frankena, 2003) sss
    सार्वजनिक प्रशासनमा नैतिकता (Ethics in public administration)
    सार्वजनिक कार्यको व्यवस्थापनसँग सार्वजनिक प्रशासन सम्बन्धित हुन्छ । त्यसैले मुलुकको सार्वजनिक काम, कारवाही गर्ने यस संस्थालाई हाँक्ने पदाधिकारीहरू र कर्मचारीहरूबाट उदाहरणीय व्यवहार एवं आचरणको अपेक्षा गरिन्छ । नैतिक मूल्य मान्यताका दर्शन र सिद्धान्तहरू व्यक्ति विशेषको व्यवहारमा पनि उत्तिकै लागू हुने भए पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको नैतिक दायित्व अन्य व्यक्तिको भन्दा अझ बढी हुन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्तिका व्यक्तिगत स्वतन्त्रताहरू संकुचित हुन जान्छन् । यसो किन हुन्छ भने सार्वजनिक जिम्मेवारी लिने व्यक्तिगत स्वार्थभन्दा माथि सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको हुन्छ । शपथ वा संझौताद्वारा सार्वजनिक पदाधिकारीहरू र कर्मचारीहरूले स्वार्थहरूबीचको द्वन्द्वमा सार्वजनिक स्वार्थलाई सर्वोपरि मान्ने वचनबद्धता व्यक्त गर्दछन् । राजनैतिक समाजको सदस्य भएको नाताले वा करदाताको हैसियतले नागरिकहरू सार्वजनिक संस्था र यसका कर्मचारीहरूबाट निष्पक्ष र प्रभावकारी सेवाको आशा गर्दछन् । निष्पक्षताको प्रदर्शन गर्न र प्रभावकारी सेवा प्रवाह गरी नागरिकहरूको विश्वास जित्न नै यी सार्वजनिक संस्थाहरूका कर्मचारीहरू र पदाधिकारीहरूलाई सामाजिक रूपमा स्वीकार्य निश्चित नैतिक मूल्य र सिद्धान्तहरूमा बाँधिने गरिन्छ ।
    सार्वजनिक प्रशासनको विकासक्रमलाई विश्लेषण गर्दा नैतिकतालाई प्राथमिकता दिइएको देखिदैन । सार्वजनिक प्रशासनको इतिहासको सयौं वर्ष राजनीति र प्रशासनको क्षेत्र विभाजन तथा निष्पक्षताको चर्चामा व्यतित भएको देखिन्छ । तर, नैतिक, मूल्य, मान्यता र आचरणकोे सम्बन्धमा यसका अग्रजहरूले कम महŒव दिएको देखिन्छ । नैतिक मूल्य र आचरणको कारणले जनताको विश्वास सरकारी कर्मचारी र पदाधिकारीहरूप्रति घट्दै गएको पाइएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षणमा विभिन्न व्यावसायीहरूमध्ये सरकारी कर्मचारीहरू नैतिकताको दृष्टिको वकिलहरूभन्दा तल र कार विक्रेताहरूभन्दा केही माथि मात्र रहेको देखिन्छ (Cox, Susan and Morgen-1994)। अन्य मुलुकहरूका सरकारी कर्मचारीहरूको स्थिति पनि यस्तै रहेको अनुमान सहजै गर्न सकिन्छ । यस्तो स्थिति आउनुमा मुख्य दोष यसका सिद्धान्तकारहरूलाई दिन सकिन्छ । वेवरियन मोडेलले जोड दिएको …(Ethics) या (Neutrality)ले कर्मचारीहरूको व्यक्तिगत नैतिकतालाईृ उपेक्षा गरेको छ । आकृतिविहीन, अव्यक्तिगत स्वरूप आदिको कारणले कर्मचारीहरूको व्यक्तिगत आचरणलाई महŒव दिइएन । नीति, निर्णय, निर्माणलाई राजनैतिक नेतृत्वको नैतिकतासँग मात्र सरोकर राख्ने र कर्मचारीको कुनै सरोकार नरहने सैद्धान्तिक मान्यता स्थापित हुन जाँदा राजनीतिको छातामुनि सँधै कर्मचारीहरूले छिप्ने र आश्रय पाउने स्थिति बन्न गयो । Adolf Eichmann ले हिटलरको नाजी प्रशासन अन्तरगत यहुदीहरूको आमहत्या गरिएको विषयमा यही तर्कको आधारमा आदेशको पालना गरिएको भनी प्रतिरक्षा गरेको देखिन्छ ।
    त्यसपछि Scientific Management Theory ले पनि मानवीय र नैतिक संगठनात्मक व्यवहारमा ध्यान नदिई कार्यकुशलता(Efficiency)लाई मात्र जोड दियो । त्यस्तै Organization Theory ले कार्यस्थलमा कामदार कर्मचारीहरूको अवस्थामा बढी ध्यान दिँदै नैतिक आयाम -Moral Dimension)लाई उपेक्षा गर्न पुग्यो ।. Public Policy Analysis Schoolले पनि नीतिमा नैतिक पक्षहरूमा त्यति ध्यान दिन सकेन । यसरी सार्वजनिक नीति अन्तरगत नैतिकताको वहसले स्थान नपाउने सैद्धान्तिक आधार र मान्यता बन्न जाँदा सार्वजनिक प्रशासनमा नैतिकता -(Ethics_)ले कम महŒव पाउन थालेको स्वीकार्नु पर्दछ । अब यो स्थितिमा ठूलो परिवर्तन आइरहेको छ । अब हरेक सरकारी निर्णयहरूको नैतिक आधारमा मूल्याङ्कन गर्ने क्रम बढेको छ । प्रशासनमा नैतिक पक्षलाई नजरअन्दाज गर्दा सिर्जना हुन सक्ने सामाजिक असन्तोष, सरकारी पदाधिकारीहरूप्रतिको जनताको अविश्वासले यस संस्थाकै औचित्यमाथि प्रश्न उठ्न सक्ने सन्दर्भबाट प्रशासनविद्हरू बढी सचेत हुँदै गएको देखिन्छ । यसैको फलस्वरूप नैतिक संहिता, आचार संहिता र नैतिक मूल्यहरू बनाई सार्वजनिक प्रशासनमा लागू गर्ने क्रम बढ्दै गएको देखिन्छ ।
    सार्वजनिक प्रशासनमा स्वीकार्य नैतिक मूल्य र आचरणलाई मुख्य रूपमा ४ प्रकारको आवद्ध गर्ने गरिन्छः
    (१) नैतिक संहिता (Code of Ethics)यसले पदाधिकारीहरू र कर्मचारीहरूले
    कायम गर्नुपर्ने नैतिक मापदण्डहरू र नैतिक मूल्यहरू स्पष्ट तोकिदिन्छ । यो कार्यक्षेत्रमा पालना गर्नुपर्ने आचरणको लागि मार्गदर्शनको रूपमा रहन्छ । यसको कानूनी बल नभए पनि सरकारी प्रस्ताव वा निर्णयद्वारा वा रोजगारी संझौतामा समावेश गराई नैतिक बन्धन सिर्जना गर्ने गरिन्छ ।
    (२) सामान्य आचरण (Common Code) :सबै पदाधिकारी वा कर्मचारीहरूले पालना गर्नुपर्ने आचरणलाई ऐन, नियममा समावेश गरी बन्धनकारी बनाइन्छ ।
    (३) सामान्य आचारसंहिता (Common Code of Conduct): यसमा कानूनमा समावेश नभएका नैतिक आचरणका कुराहरू समेत समावेश गरिन्छ । सरकारी निर्णय, संघ संगठनहरूको सामूहिक प्रतिबद्धताबाट नैतिक बन्धन सिर्जना गर्ने गरिन्छ ।
    (४) विकेन्द्रित संहिता (Decentralized Code): सबै कर्मचारीको लागि यो लागू हुँदैन । विभिन्न विषयगत समूहहरूले उनीहरूकै संलग्नतामा बनाई आफैभित्र लागू गर्दछन् ।
    विभिन्न मुलुकहरूमा सार्वजनिक प्रशासनको अवधारणा र संरचनामा भएको परिवर्तन अनुरूप सामान्यरूपमा स्वीकारिएको नैतिक मूल्यहरू (Values_ र नैतिक मापदण्डहरू (Standards) परिभाषित गर्ने एवं त्यसलाई नैतिक संहिताको रूपमा लागू गर्ने नैतिक सुधार कार्यक्रमले निरन्तरता पाइरहेको छ। पश्चिमी युरोपेली संघ र अन्य मुुलुकहरूले विकसित गरेका नैतिक मूल्यहरूको तुलनात्मक तालिका अध्ययनको दृष्टिकोणले उपयोगी हुने देखी तल दिइएको छ:
    संय७३घढसक्त
    अधिराज्य
    अष्टेलिया नर्वे स्लोभाकिया
    स्वयं सचेतना
    (self
    awareness(
    इमान्दारिता
    (Honesty)
    उत्तरदायित्व
    (Accountability)
    निष्पक्षता
    (Impartiality)
    सदाचार
    (Integrity)
    सदाचार
    (Integrity)
    वस्त७३घढसनिष्ठता
    (Objectivity)
    इमान्दारिता
    (Honesty)
    वस्त७३घढसनिष्ठता
    -Objectivity_
    उत्तरदायित्व
    (Accountability)
    व्यवसायिकता
    (Professionlism)
    शिष्टाचार
    (Courtesy)
    उत्तरदायित्व
    (Accountability)
    योग्यता
    प्रणाली
    (Merit system)
    इमान्दारिता
    (Honesty)
    उत्तरदायित्व
    (Accountability)
    ख७३घढसलापन
    (Openness)
    जिम्मेवारीपन
    (Uprightness)
    विश्वसनीयता
    (Credibility)
    कान७त्रगयतसनको
    सम्मान भ या
    बिध)
    (Observance of
    law)
    उदाहरणद्वारा
    नेतृत्व
    (Leadership by
    example)
    कार्यसम्पादन
    (Performance)
    वफादारिता
    (Loyality)
    उल्लिखित राष्ट्रहरूले तयार पारेको सार्वजनिक प्रशासनको लागि स्वीकृत नैतिक मापदण्डहरूबाट अन्य मुलुकहरूले अनुसरण गर्न लायक छन् । त्यसतै बेलायतमा (Wicks Committee) ले सिफारिस गरेको सार्वजनिक जीवनका सात सिद्धान्तहरू (Seven Principles of Public Life) पनि सार्वजनिक पद धारण गर्नेहरूको लागि अझ बढी उपयोगी देखिन्छन् । उक्त समितिले सिफारिस गरेका ७ सिद्धान्तहरू निम्नानुसार छन्:
    (१) निस्वार्थता (Selflessness)(२) सदाचार(Integrity)
    (३) वस्तुनिष्ठता (Objectivity)
    (४) उत्तरदायित्व (Accountability)(५) खुलापन (Openness)
    (६) इमान्दारिता (Honesty_
    (७) उदाहरणीय नेतृत्व (Leadership by Example)
    माथिका मार्गदर्शन हुन्। यसका आधारमा सार्वजनिक प्रशासनमा कार्यरत पदाधिकारी र कर्मचारीहरूका लागि स्पष्ट आचार संहिता र सामान्य संहिता तयार पार्न सकिन्छ । माथि उल्लेख भैसकेको छ कि …EthicsÚ’ र …MoralityÚ बीचको फरक झिनो छ र केवल अर्थको व्यापकताको दृष्टिकोणले मात्र केही फरक देखाउन सकिन्छ । त्यसैले यी दुई शब्द करिब समान अर्थमा प्रयोग गर्ने गरिन्छ । सार्वजनिक क्षेत्रको लागि आवश्यक पर्ने सार्वजनिक नैतिकता (Public Morality) को सम्बन्धमा सन् १९८४ मा थ्यचप ध्यििदभचल ले नैतिकताका निम्न आयामहरू उल्लेख गर्नुभएको छ:
    (१) इमान्दारिता र कानूनको अनुसरण (Selflessness)
    सरकारी पदाधिकारीहरू कानूनको दृष्टिमा सामान्य नागरिकभन्दा फरक हुँदैनन्। नागरिकहरू सार्वजनिक पदमा आसीन हुनेहरू नै कानूनको बढी उल्लंघन गर्दछन् भन्ने आरोप लगाउने गर्दछन्। अझ पनि सरकारी पदाधिकारी र कर्मचारीहरूमा आफूलाई नागरिकहरूभन्दा माथिको सोच्ने प्रवृत्ति कायमै छ। कानून कार्यान्वयन गर्ने र वनाउनेले यसको पालना पूर्णरूपमा गर्नुपर्दछ ताकि समाजका सामान्य नागरिकहरूको लागि उदाहरण दिन सकियोस् । त्यस्तै आफ्नो कामप्रतिको इमान्दारिता सार्वजनिक जीवनको नैतिक परीक्षण हो । निस्वार्थ कर्तव्यापालन गर्नु, प्रलोभनमा नपर्नु, सामूहिक स्वार्थको लागि काम गर्नु र व्यक्तिगत स्वार्थलाई त्याग्नु, झुठो नबोल्नु इमान्दारिताको कसी हो । तर, कसैको कर्तव्यमा झूठो बोल्नु आवश्यक छ भने त्यसलाई इमान्दार नभएको भन्न मिल्दैन । गुप्तचार सेवा, (Covert Police Officer_n)ले झूटो बोल्नु कहिलेकाहीँ उसको कर्र्तव्यभित्र पर्दछ।
    (२)स्वार्थहरूबीचको द्वन्द्व (Conflicts of Interest)
    सार्वजनिक पदाधिकारीले निजी व्यवहार प्रदर्शन गरेमा उसको सार्वजनिक प्रतिष्ठामा ह्रास आउँछ। सार्वजनिक पदमा रहेसम्म उसका निजी स्वार्थहरू प्रकट हुन हुँदैन। सरकारी कर्मचारीहरूलाई सूचनामा पहुँच बढी नै हुन्छ। यी सूचनाहरू र अधिकारलाई उसले व्यक्तिगत फाइदाको लागि प्रयोग गरेमा सार्वजनिक स्वार्थको वदला व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको मानिन्छ। त्यसैले स्वार्थहरूबीचको द्वन्द्वमा सार्वजनिक स्वार्थमा काम गर्नु सार्वजनिक पदमा आसीन हुनेहरूको पहिलो नैतिक नियम हो। निर्वाचित प्रतिनिधिहरू आफ्नो निर्वाचन क्षेत्रप्रति उत्तरदायी हुने भएकोले सो क्षेत्रको फाइदाको लागि यस नियमलाई तोडेकोमा क्षम्य हुन सक्दछन् तर कर्मचारीहरूले व्यक्तिगत स्वार्थमा काम गरेमा क्षम्य हुन सक्दैन। कार्यलयको काममा व्यक्तिगत लाभको गन्ध नआउने गरी सेवा दिनु नै स्वार्थबीचको द्वन्द्वको सही समाधान हो । स्वार्थबीचको द्वन्द्वमा व्यक्तिगत स्वार्थको लागि काम गरेकोमा (International city Management Association)ले आफ्ना सदस्यहरूलाई कारबाही गरेको उदाहरण रोचक र सान्दर्भिक हुने देखी तल उद्धरण गरिएको छः
    "One manger and two council members took advantage of confidential information to invest in real
    state just outside the city limits. A short time later, the land was annexed to the city. The land went up in
    value, the public took notice, and the manager was expelled from ICMA."
    (Cox, Susan and Morgan, 1994, page-20)
    (३) सेवाउन्मुखता र कार्यविधिगत स्वच्छता (Service Orientiation and Procedural Fairness)
    सार्वजनिक क्षेत्रमा काम गर्नेहरू निष्पक्ष हुनुपर्दछ। जनताको करवाट परिश्रमिक पाउने भएकाले उनीहरूको नैतिक दायित्व जनताको सेवामा सदैव लाग्नु नै हो। सरकारी काममा एकरूपमा होस् र स्वविवेकलाई कम गर्न सकियोस् भन्ने उद्देश्यले कार्यविधि कानून बनाउने गरिन्छ। यी कानूनको आफू खुसी व्यख्या गरी व्यक्तिपच्छिे फरक व्यवहार गर्न मिल्दैन। सेवाग्राहीहरूलाई प्रकृयाको परिपालना र व्यवहारमा समान व्यवहार गरिएको हुनुपर्दछ । सेवा प्रवाहमा धन र प्रतिष्ठाले प्रभाव पार्नुहुँदैन भन्ने यस नैतिक सिद्धान्तले जोड दिन्छ।
    (४) प्रजातान्त्रिक जिम्मेवारीप्रतिको नैतिकता (The Ethic of Democratic Responsibility)
    सार्वजनिक नीतिले जनइच्छाको प्रतिनिधित्व गर्नुपर्दछ र व्यक्तिको स्वतन्त्रता, अधिकार र न्याय जस्ता प्रजातान्त्रिक मूल्यहरूको पूर्ण सम्मान गर्नुपर्ने कुराहरूलाई यसले जोड दिन्छ।
    (५) सार्वजनिक नीति निर्धारण सम्बन्धी नैतिकता (The Ethics of Public Policy Determination)
    नीति निर्धारण प्रकृया जटिल र साधन, स्रोतको अवरोधले कठिन कार्य मानिए पनि यसले वहुसंख्यक जनताको इच्छा र आवश्यकतालाई आधार मान्नुपर्दछ। सामाजिक मागहरू राजनैतिक प्रणाली मार्फत प्रसारण हुँदै नीति मागको रूपमा प्रस्तुत हुन्छन्। यस्तो स्थितिमा शक्तिशाली दबाब समूह वा ठालुहरूको भनाइभन्दा जनधारणा(Popular Will_sf)को आधारमा नीति निर्धारण गर्नुपर्ने नैतिक दायित्व नीति निर्माताहरूको हुन्छ।
    (६) सामाजिक एकीकरण सम्बन्धी नैतिकता(The Ethics of Social Integration)
    राष्ट्र वहुधार्मिक, वहुभाषिक र विविध जाति जनजातिहरूको समष्टी हो । यसर्थ  सार्वजनिक पदाधिकारीहरूको कुनै पनि निर्णय र काम, कारवाहीले यी संवेदनशील पक्षहरूमा असर परेमा राष्ट्रिय सामाजिक एकीकरणमा अवरोध सिर्जना हुन जान्छ । त्यसैले सार्वजनिक नैतिकताको एक प्रमुख सिद्धान्तको रूपमा यसलाई लिइएको छ।
    (York Willbern) ले विकास गरेका सार्वजनिक जीवनका ६ नैतिक नियमहरूको संक्षिप्तमा उल्लेख गरियो। यी बाहेक निम्न केही नैतिक आचरण पनि सार्वजनिक जीवनको लागि आवश्यक मानिएकाले तल चर्चा गरिएको छ :
    (१) संविधान र कानूनप्रतिको सम्मान (bligation to Nation)
    संविधान र कानूनको अक्षर र भावनाको कदर गर्नु सार्वजनिक पदमा रहनेहरूको नैतिक दायित्वभित्र पर्दछ।
    (२) राष्ट्रपतिको दायित्व (Professional Ethics)
    राष्ट्र व्यक्तिको राष्ट्रियताको पहिचान भएकोले सार्वजनिक जीवनमा राष्ट्रको अहित हुने कुनै काम गर्नुहुँदैन।
    (३) व्यवसाय वा व्यावसायिकता सम्बन्धी नैतिक दायित्व (Transparenncy and Secrecy)
    कुनै व्यवसायमा कार्यरत हुनेहरूले आफ्नो पेशागत संगठनहरूले विकसित गरेको आधारमा र मापदण्डहरूलाई समर्थन र अवलम्बन गर्ने दायित्वलाई व्यवसायिक नैतिकता भन्ने गरिन्छ। व्यावसायिकवादको एउटा अप्ठेरो पक्ष के हो भने व्यावसायिकहरू आन्तरिक संगठनात्मक अनुशासनमा रहनुभन्दा आफ्ना पेशागत संगठनात्मक मूल्य मान्यताद्वारा बढी निर्देशित हुन्छन्। त्यसैले संगठनात्मक नियम र व्यावसायिक नैतिकताबीच द्वन्द्वको स्थिति पनि बेलाबेलामा सिर्जना हुने गर्दछ। यसैले व्यवसायिक नैतिकता र संगठनात्मक अनुशासनबीच उचित सन्तुलन कायम गर्नु पर्दछ।
    (४) पारदर्शिता र गोपनीयता (Transparenncy and Secrecy)
    कानूनले गोप्य राख्नु नपर्ने कामलाई पारदर्शी बनाउनु पर्दछ र गोप्य राख्नु नै पर्ने र खुला गर्दा सार्वजनिक हितमा आघात पुग्ने कामलाई पारदर्शी बनाउन हुँदैन। कुन कुराहरू गोप्य राख्ने र कुन कुराहरू पारदर्शी बनाउने हो कानूनले नै स्पष्ट गरिदिनु पर्दछ।
    उच्च नैतिक संगठनका चार सिद्धान्तहरू
    माथि वर्णन गरिएका मार्गदर्शन एवं नैतिक तत्वहरूको आधारमा कुनै संगठनले कति नैतिक पक्षहरूलाई अङ्गीकार गरेको छ हेर्न सकिन्छ ।  (Mark Pastin) ले नैतिक मूल्यहरू अवलम्बन गर्ने उच्च नैतिक संगठन(Highly Ethical Organization)हुनको लागि ४ सिद्धान्तहरू सिफारिस गरेका छन् :
    (१) संगठनको आन्तरिक र वाह्य सरोकारवालाहरूको हितलाई संगठनको हित मान्नु पर्दछ ।
    (२) संगठनभित्र स्वच्छ प्रकृयाको अवलम्बनको सदैव चिन्तन हुनुपर्दछ । अरूको स्वार्थलाई आफ्नो स्वार्थ बराबर सोचिनु पर्दछ ।
    (३) जिम्मेवारी सामूहिक नभै व्यक्तिगत तवरमा निश्चित गरिनुपर्दछ ताकि व्यक्तिको व्यक्तिगत जिम्मेवारी संगठनको उद्देश्यमा सघाउ पु¥याउन सकोस् ।
    (४) संगठनका सदस्यहरूले उच्च मूल्यहरूको पालना गर्न दृढ हुनुपर्दछ र संगठनको उद्देश्यले संगठन र वाह्य वातावरणलाई आवद्ध गरिनु पर्दछ ।
    त्यस्तै (Doug Wallace) ले उच्च सदाचारयुक्त संगठन (High Integrity Organization)sfका विशेषताहरू निम्नानुसार उल्लेख गरेका छन् :
    1. सदाचारको स्पष्ट दूरदृष्टि (Vision) र चित्र (Picture) संगठनका सबैमा सञ्चार भएको हुनुपर्दछ।
    2. दूरदृष्टि (Vision)को स्वामित्व(Ownership) उच्च व्यवस्थापनले लिनुपर्दछ ।
    3. पुरस्कारलाई सदाचारको दृष्टिकोणमा हेरिनुपर्दछ ।
    4. नीति र व्यवहार सदाचारी दृष्टिकोणसँग मेल खाने हुनुपर्दछ । मिश्रित र भ्रमात्मक सन्देश जानुहुँदैन ।
    5. हरेक महŒवपूर्ण व्यवस्थापकीय निर्णयको आधार नैतिक मूल्यका आयामहरूमा जाँचिनुपर्दछ ।
    6. हरेक कर्मचारीद्वारा फरक स्वार्थका सरोकारवालाहरू (Conflicting Strakeholders_) सँग मूल्य मान्यतामा आधारित व्यवहार गर्ने अपेक्षा गरिनुपर्दछ ।
    नैतिक पूर्वाधार (Ethics Infrastructures)
    आफ्नो संगठनमा नैतिक सिद्धान्तलाई व्यवहारमा लागू गर्न नीति, मार्गदर्शन, नियन्त्रण र व्यवस्थापनको राम्रो व्यवस्था मिलाउन आवश्यक छ । नीति विज्ञानमा यसलाई नीति पूर्वाधार भनिन्छ । केही प्रकाशनहरूमा यसलाई नीति औजार वा उपकरण (Ethics Tools) पनि भन्ने गरिएको पाइन्छ । यसमा नैतिक संहिता बनाउनेदेखि आचारसंहिता लागू गर्ने, प्रशिक्षण दिने, नीति एवं प्रकृयाहरू तोक्ने, द्वन्द्व र अन्यौलको स्थितिको समाधान गर्ने संयन्त्र जस्ता कामहरू गरिन्छ । तल क्रमबद्ध रूपमा यसको चर्चा गरिएको छ ।
    (१) नैतिक संहिता (Code of Ethics)(
    नैतिकताको उच्चतम आदर्श र मूल्यहरूको मार्गदर्शन यसमा गरिन्छ । कानूनी रूपमा बन्धनकारी नभए पनि (Code of ethics)ले कार्यस्थलमा अवलम्बन गर्नुपर्ने आचरणहरूको लागि दिशानिर्देश गर्दछ । यसको तर्जुमा गर्दा निम्न कुराहरूमा विशेष ध्यान दिनुपर्दछ:
    1. कानूनले संवोधन गर्नुपर्ने नैतिक मूल्यहरूको समीक्षा,
    2.कानूनमा उल्लेख नभए पनि सार्वजनिक जीवनको लागि आवश्यक नैतिक मूल्य, मान्यताहरूको उल्लेख,
    3. कार्यस्थल विशेषको लागि अति आवश्यक ठानिएका मूल्यहरू,
    4. रणनीतिक योजना प्रकृयामा (SWOT Analysis) बाट आवश्यक मानिएका नैतिक मूल्यहरू,
    5. सरोकारवालाले प्रशंसा गर्ने अन्य कुनै मूल्यहरूको पहिचान,
    6.माथिका चरणहरूको अभ्यास पश्चात आफ्नो संगठनको लागि आवश्यक देखिएका दसवटा नैतिक मूल्यहरू उल्लेख गर्ने,
    7. हरेक मूल्यको लागि वाञ्छित आचरणको उदाहरण उल्लेख गर्ने,
    8. संगठनभित्र कार्यकर्ताहरूको बढीभन्दा बढी राय, सुझाव लिने,
    9. नैतिक संहिताको घोषणा र वितरण ।
    (२) आचारसंहिता (Code of Conduct)
    नीति संहिता(Code of Ethics) को मार्ग निर्देशनभित्र रही संहिताले कल्पना गरेको मूल्यहरू कार्यस्थलमा प्रतिबिम्बित गराउने कार्य आचारसंहिताले गर्दछ । यो कानूनद्वारा बन्धनकारी बनाइने सामान्य संहिता (Common Code) र कानूनद्वारा बन्धनकारी नभए पनि आफ्नो संगठन वा समूहको सामूहिक प्रतिबद्धताद्वारा नैतिक बन्धन सिर्जना गर्ने आचारसंहिता(Code Conduct)दुवैरूपमा हुन्छ । आचारसंहिताको विकास गर्दा निम्न पक्षहरूमा ध्यान दिनुपर्दछ :
    1. नैतिक संहिताको स्पष्ट गरेको मूल्यहरूको प्राप्तीको लागि आवश्यक ठानिएका आचरणहरू पहिचान गर्ने,
    2. यी आचरचणहरू सबैले पालना गर्नुपर्ने आशयका शब्दहरूको प्रयोग,
    3. संगठनभित्र सहमतिको वातावरण तयार पार्ने,
    4. आचारसंहिताको घोषणा र वितरण।
    (३) नीति र प्रकृया (Policies and Procedures)
    यसमा निम्न पक्षहरूमा ध्यान दिइनु पर्दछ :
    1. आचारसंहिता उल्लेखित आचरणको प्रत्याभूतिको लागि नीति र प्रकृयामा परिमार्जन,
    2. नैतिक अन्यौल (Ethical Dilemmas)को  सम्बोधनको लागि आवश्यक नीति र प्रकृया निर्धारण,
    3.नैतिक व्यवहारको लागि पुरस्कार र अनैतिक व्यवहारको परिणामको उल्लेख,
    4. गुनासो सुनुवाई सम्बन्धी प्रबन्ध,
    5. सरोकारवालाहरूको लागि ु(Ethics Hotline) को व्यवस्था,
    6. नीति र प्रकृयाको आवधिक समीक्षा एवं परिमार्जनको व्यवस्था ।
    (४) नैतिक अन्यौलको समाधान (Resolving Ethical Dilemmas)
    नैतिक मूल्यहरूबीच द्वन्द्वात्मक स्थितिमा कुनै एक विकल्पमा जानुपर्ने स्थितिको समाधानको व्यवस्था यस चरणमा गरिन्छ। उच्च पदस्थहरूले सामना गर्नुपर्ने अन्यौल यस्ता जटिल पनि हुन्छन् कि कानून, धर्म कहीँ पनि स्पष्ट मार्ग निर्देशन पाइँदैैन । यसका लागि(Ethical Committee)बनाई निर्णय गराउने (Ethical Checklist) बनाई भार अंकबाट निर्णय गर्ने, निर्णयका दस तहको प्रकृया (Ten Step Method of Decision Making) र स्वर्ण नियम (Golden Rules)जस्ता प्रकृयाहरू व्यवसायिक क्षेत्रमा प्रचलित छन् । यसमध्ये सरकारी क्षेत्रको लागि(Ethic Committee) उपयुक्त हुन सक्दछ।
    (५) प्रशिक्षण (Training)
    संगठन भित्रका कर्मचारीहरू र उच्च पदस्थ पदाधिकारीहरू प्रशिक्षित नभएसम्म नैतिक कार्यक्रम (Ethic Program)सफल हुन सक्दैन । त्यसैले नैतिकता सम्बन्धी विषय सबै प्रशिक्षण कार्यक्रममा समावेश गर्नु पर्दछ । संभव भएसम्म यसको लागि छुट्टै कार्यालयलाई नैतिक प्रशिक्षणको जिम्मेवारी दिइएको छ । थाइल्याण्डमा प्रहरी सेवामा प्रवेश गर्नेहरूलाई दुई महीनसम्म बौद्ध भिक्षु बनाई आध्यात्मिक शिक्षाको लागि गुम्बाहरूमा पठाइन्छ । नेपालले पनि यस्ता उदाहरणहरूबाट सिक्नुपर्दछ । हाललाई राष्ट्रिय सतर्कता केन्द्रलाई यसको जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।
    नेपालको सार्वजनिक प्रशासनमा नैतिकताको स्थिति
    नेपालको सार्वजनिक प्रशासनमा नैतिकताको स्तरको मूल्याङ्कन भ्रष्टाचारको स्तर र सामान्य नागरिकहरूले प्रतिक्रियामा विश्लेषण गर्नुपर्ने हुन्छ । यी दुवै आधारमा हेर्दा यस क्षेत्रको नैतिकताको स्तर सन्तोषजनक देखिएको छैन । सार्वजनिक प्रशासन भनेको राजनैतिक नेतृत्व र नियुक्त कर्मचारीहरूको योग हो । यी दुवै वर्गको नैतिक आचरणको स्तर सामान्य नागरिकताको मूल्याङ्कनमा उम्दा देखिएको छैन । यस्तो परिस्थितिको लागि राजनैतिक नेतृत्वले कर्मचारीलाई र कर्मचारीले राजनैतिक नेतृत्वलाई गलत देख्ने दोषी चश्माले काम गरेको छ । वास्तवमा सार्वजनिक प्रशासनलार्य उच्च नैतिकताले युक्त वनाउन पूर्वाधार, संरचना, नीति एवं कार्यक्रम र प्रशिक्षणको अभाव देखिएको छ । हालसम्म यस क्षेत्रको नैतिक संहिता (भ्तजष्अब िऋयमभक) बन्न सकेको छैन । सार्वजनिक प्रशासनमा कार्यरत रहनेहरूका नैतिक सिद्धान्त र मूल्य र मान्यता एवं आचरणका स्वीकृत मापदण्डहरू नै निर्धारण नगरिएको अवस्थामा आचरण सम्बन्धी कानूनी व्यवस्था गरिएको छ र न्यायाधीश, राजस्व समूहका कर्मचारीहरू, सरकारी वकिल समूहका कर्मचारीहरू, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीहरूको आचारसंहिता लागू गरिएको छ । आदर्श मूल्य, मान्यता र नैतिक सिद्धान्त एवं मापदण्ड निश्चित नगरी बनेका यी आचारसंहिताले समाजले चाहेको नैतिक आचरणको प्रतिनिधित्व गर्न सक्दैन र यो दिशाविहीन हुन पुग्दछ । राजनैतिक नेतृत्व गर्ने मन्त्रीहरू र निजहरूको सल्लाहकार समूहको त अहिलेसम्म आचारसंहिता पनि स्वीकृत भएको देखिँदैन । विभिन्न गैर सरकारी संस्थाहरू र अन्य निकायहरूले निजामती कर्मचारीहरूको नैतिक संहिता र मन्त्री, सांसद एवं सल्लाहकार समूहहरूको लागि आचारसंहिताको प्रस्ताव गरे पनि यसको औपचारिक स्वीकृति नभएकोले लागू गर्न सकिएको छैन । निजामती सेवा लगायतका अन्य सरकारी सेवाहरूमा कार्यरत कर्मचारीहरूको लागि कानूनी व्यवस्था गरिएको आचरण सम्बन्धी व्यवस्था समेत निम्न कारणले प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको देखिँदैन:
    (१) आचरणमा उल्लेखित प्रावधानहरू व्यवहारिक छैनन् । अव्यावहारिक आचरणको पालना हुन र पालना नगर्नेलाई कारवाही गर्न कर्मचारीहरू र वरिष्ठ अधिकृतहरू उदासीन हुनु स्वभाविक हो । निजामती सेवा ऐनको आचरण सम्बन्धी परिच्छेदमा उल्लिखित उपहार, चन्दा सम्बन्धी व्यवस्था हेर्दा सामान्य शिष्टाचार र नगन्य मूल्यको उपहार कुनै विदेशीबाट प्राप्त गर्न पनि हच्किनुपर्ने स्थिति छ । त्यस्तै व्यापार, व्यवसाय गर्न नपाउने व्यवस्था, नेपाल सरकारको नीतिको विपरीत हुने गरी लेख, प्रकाशन वा प्रसारण गर्न नपाउने व्यवस्था हेर्दा अझ पनि नामरहिता (ब्लयलथmष्तथ)को सिद्धान्त अवलम्बन गरिएको पाइन्छ । कार्यालय समय बाहेकको समयमा सरकारी दर्जाको प्रयोग नगरी बौद्धिक अभ्यास गर्न पाउनुपर्दछ । राजस्व समूहका कर्मचारीहरूको लागि लागू गरिएको आचारसंहिताले कुनै रेष्टुराँ, होटल जान समेत नमिल्ने गरेको छ । व्यक्तिगत स्वतन्त्रलाई यो हदससम्म नियन्त्रण गर्ने आचारसंहिताको पालना हुन नसक्नु स्वभाविक नै हो ।
    (२) आचरणको परिपालना भए नभएको रेखदेख (Oversee) गर्ने पदाधिकारीले आचरण उल्लंघन गर्ने उपर कारबाही नगरेमा निज उपर के कारवाही हुने हो ? ऐनमा कुनै प्रावधान छैन । यसले गर्दा अख्तियारवालाहरू कारवाही गर्न खास रुचि देखाउँदैनन्।
    (३) आचरण उल्लङ्घन वापत हुने सजाय बढी कठोर पनि कार्यान्वयन हुन सक्दैन । न्यायको सिद्धान्त नै हो कि सजाय बढी भयो भने न्यायधीशहरू सजाय नै गर्दैैनन् र कानूनी प्रावधान निष्कृय हुन्छ । दर्जा, तलब घटाउने, प्रमोशन रोक्ने, नोकरीबाट हटाउने जस्ता सजाय गर्नुभन्दा केही दिनको तलब घटाउने, अन्य अवसरबाट बञ्चित गर्ने जस्ता प्रावधानहरू राखिएको भए कार्यान्वयन प्रभावकारी हुन सक्दथ्यो ।
    (४) समन्याय वा समान व्यवहार नहुँदा कर्मचारीहरू आचरण सम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न रुचि राख्दैनन् । आचरणका उल्लंघन गर्नेहरू नै पुरस्कृत हुनपुग्नु र आचरणको अक्षरसः पालना गर्नेहरूले अवसर नपाउनुले पनि आचरण पालनामा उदासिनता बढ्दै गएको छ ।
    (५) आचारसंहिता सरकार र जनताको आकांक्षा अनुरूप हुनुपर्दछ । तर, निजामती सेवा ऐनको प्रावधानहरू हेर्दा यसलाई सरकारको आकांक्षा मात्र केही मात्रामा प्रतिविम्बित भएको र जनआकांक्षालाई नसमेटिएको देखिन्छ । जनताले गर्ने आशा भनेको खुलापन, पारदर्शिता र शिष्ट व्यवहार हो । यसलाई आचरणमा समेट्न सकिएको छैन । जनआकाक्षां नसमेटिएपछि आचरण पालनामा वाह्य दबाब वा रुचि हुँदैन र सम्बन्धित अधिकारीहरू कर्मचारीहरूलाई कारवाही गर्न वाध्य हुने स्थिति सिर्जना हुँदैन ।
    (६) आचरणलाई अनुशासनको कारबाहीमा आबद्ध गरिएको छ । तर दण्डको नसमेटिएपछि आचरणमा रहनेलाई पुरस्कृत गर्ने, बढुवा प्रयोजनको लागि कार्य सम्पादन मूल्याङ्कनमा राम्रो भार दिने, अन्य पुरस्कारमा यसलाई आधार मान्ने गरिएको देखिँदैन । सारांशमा दण्डमा मात्र जोड दिँदा आचरणको पालना प्रभावकारीरूपमा हुनसकेको छैन ।
    (७) आचरणमा कारबाही प्रक्रिया लामो छ । यसको उल्लंघनमा विभागीय कारबाही गर्नुपर्ने हुन्छ । तर, कर्मचारीहरूलाई संवैधानिक संरक्षण बढी नै हुँदा सामान्य नसिहत दिन पनि लोकसेवा आयोगको परामर्श लिनपर्ने सैवैधानिक र कानूनी प्रावधान छ । लोकसेवा आयोगले सजिलोसँग परामर्श नदिँदा अख्तियारवालाहरू सामान्य चेतावनी दिने वाहेक अन्य सजाय गर्न त्यति प्रेरित हुँदैनन् ।
    (८) अनुशासनहीन र आचरणको पालना नगर्ने उपर कारबाही अगाडि बढाउँदा अनावश्यक राजनैतिक दबाब आउने प्रचलनले गर्दा कर्मचारीहरूमा जे गरे पनि हुने भावनाले स्थान पाउँदैछ र सजाय गर्ने अधिकारी निष्कृय बस्न वाध्य भएको पाइन्छ । यसको नकारात्मक असर पूरै कर्मचारीहरूमा सञ्चार हुँदै गएको पाइन्छ ।
    (९) पेशागत संगठनहरूले सामाजिक दायित्व नबुझ्ने जसलाई कारबाही गर्दा पनि संगठित दबाब दिने गर्दछन् । यसबाट पनि अनुशासनको कारवाही अगाडि बढाउन कठिन भैरहेको छ ।
    (१०) निजामती सेवा ऐनको आचरण सम्बन्धी प्रावधान रुढीवादी, परम्परागत र संकुचित छ । बदलिंदो सन्दर्भ, अन्य देशहरूका प्रचलनहरू अनुरूप नहुँदा यसको पालना गर्न गराउन कठिन हुने गर्दछ । यसमा हालको सन्दर्भमा नराखी नहुने कैयन् कुराहरू छुटेका छन् भने राख्नु नपर्ने वा समय नसुहाउँदो प्रावधान रहेका छन् ।
    (११) आचरण सम्बन्धी अनुशासनको कारवाही वा विभागीय कारबाही भए नभएको अनुगमन निरीक्षण गर्ने उच्चस्तरीय निकायको व्यवस्था हालसम्म भएको छैन । व्यवस्थापन केही अघि शुरु भए पनि खास प्रभावकारी देखिएको छैन । केही मुलुकहरूमा (Ethic Commission) को व्यवस्था गरी अनुगमन निरीक्षणको जिम्मेवारी दिने गरिएको पाइन्छ ।
    सुझावहरू
    सार्वजनिक प्रशासनमा नैतिकताको पक्ष सुदृढ गराउन निम्न सुझावहरू दिन सकिन्छः
    (१) सार्वजनिक प्रशासनको लागि मान्य नैतिक मूल्यहरू समावेश गरिएको नैतिक संहिता (Etihcs Code) तर्जुमा गरी प्रचारप्रसार गर्नु आवश्यक छ । यो संहिता सार्वजनिक प्रशासनमा कार्यरत नियुक्त र निर्वाचित दुवै पदाधिकारीहरूको आचरण नियमित गर्ने मार्गदर्शन हुन सक्दछ । यो कानूनी रूपमा बन्धनकारी नभए पनि नियुक्तिको क्रममा वा संझौतामा संलग्न गरी नैतिक बन्धन सिर्जना गरिदिनुपर्दछ ।
    (२) मन्त्री, सांसद, संवैधानिक पदाधिकारीहरूको लागि आचारसंहिता निर्माण गरी लागू गरिनु पर्दछ । कर्मचारीहरू वाहेक सल्लाहकार समूह, स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूको लागि पनि आचारसंहिता बनाई नियुक्तिको क्रममा संझौताद्वारा बन्धनकारी बनाइनु आवश्यक छ ।
    (३) कर्मचारीहरूको लागि मान्य नैतिक आचरणहरू ऐन, नियममा नै सकभर समावेश गरिनु पर्दछ । कानूनमा समावेश गर्न नसकिने आचरणहरू नियमित गर्न छुट्टै आचारसंहिता बनाई लागू गरिनु पर्दछ ।
    (४) कर्मचारीहरूको कानूनमा समावेश गरिएका आचरणलाई समयानुकूल संशोधन गरी व्यवहारिक बनाइनु पर्दछ । हालको निजामती सेवा ऐन लगायत सेवा सम्बन्धी अन्य कानूनमा गरिएको व्यवस्था अव्यवहारिक, बढी नियन्त्रणमुखी भएकाले पनि कार्यान्वयन हुन नसकेको कुरा विदितै छ ।
    (५) आचारसंसहता जनताको आकांक्षा अनुरूप नहुनुले पनि यसको लागि बाह्य दबाब सिर्जना हुँदैन । जनताले आशा गर्ने भनेको प्रक्रियागत स्वच्छता, खुलापन र शिष्ट व्यवहार हो । यी पक्षलाई हालको आचरण सम्बन्धी कानूनी व्यवस्थामा समेट्न सकिएको छैन । यसर्थ जनआकांक्षा अनुरूप यसलाई परिमार्जन गरिनु पर्दछ ।
    (६) आचरणलाई दण्डसँग मात्र आबद्ध गराइएको छ । यसलार्य दण्ड र पुरस्कार दुवैको आधार बनाइएका प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्दछ ।
    (७) नैतिकता र आचरण सम्बन्धी परिपालनको छानबिन गर्न एक उच्चस्तरीय ‘नैतिक आयोग Ethics Comission) को गठन गर्न उपयुक्त हुन्छ ।
    नैतिक मूल्य, मान्यता र नैतिक आचरण कानूनको बलमा वा आदेशको पालनबाट मात्र लागू गर्न सकिँदैन । यसको लागि व्यक्ति अन्तस्करणबाट नै प्रेरित भएको हुनुपर्दछ । सार्वजनिक प्रशासनमा अहिलेको खाँचो भनेको यसमा कार्यरत हुनेहरूको विचार र प्रेरक प्रवृत्ति (Motives)मा परिवर्तन ल्याउनु हो । यसका लागि अन्य मुलुकहरूबाट शिक्षा लिएर अभिमुखीकरण र प्रशिक्षणमा जोड दिन आवश्यक देखिएको छ । हालसम्म कानूनी व्यवस्था भएका आचरणहरू पालना नहुनुमा थुप्रै कारणहरू देखिएका छन् । यी आचरणहरू कुन नैतिक दर्शनमा आधारित छन् स्पष्ट छैन, यसले जनआकाक्षाको प्रतिनिधित्व गर्दैन र बढी नियन्त्रणमुखी छन् । त्यसैले अन्य मुलुकहरूका (Ethics Code) बाट शिक्षा लिँदै सर्वप्रथम समाजले स्वीकार्ने सिद्धान्त र मूल्यहरू समावेश भएको नैतिक संहिता तर्जुमा गरी लागू गर्ने र यी मूल्यहरू प्राप्त गर्न सहायक हुने सामान्य आचरण र आचारसंहिता लागू गरिएमा बढी प्रभावकारी हुने देखिन्छ । अन्तमा (Johnson Institute of Ethics) ले विकसित गरेका(Six Pillars ofCharacter); सार्वजनिक जीवनमा रहनेहरूको लागि पथप्रदर्शक हुने देखी यहाँ उल्लेख गरिएको छ।
    (१) विश्वसनीयता– इमान्दारिता, सदाचार, वचनबद्ध, वफादार ।
    (२) आदर– स्वायत्तता, निजित्व, प्रतिष्ठा, शिष्टाचार, सहनशीलता ।
    (३) जिम्मेवारीपन– उत्तरदायित्व, उत्कृष्टताको प्रयास ।
    (४) रेखदेख– दिने, साथ दिने, दयालुपन, प्यार ।
    (५) न्याय र स्वच्छता– कार्यविधिगत स्वच्छता, निष्पक्षता, समता, समानता ।
    (६) नागरिक सद्गुण– कानून पालना गर्ने, सामुदायिक सेवा र वातावरण संरक्षण चरित्रका यी ६ स्तम्भहरू सार्वजनिक सेवामा कार्यरत हुनेहरूको लागि झन आवश्यक छन् र उनीहरू नैतिक आचरणका लागि मार्गदर्शन हुन सक्दछन् ।