आजको तपाईको राशिफल - Chaitanya News
  • 2026-05-04
  • 11:29:52
  • सोमबार,बैशाख २१, २०८३
  • सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। चिताएको कामले तीव्रता लिनेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्‍याउनु होला।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    खर्च नियन्त्रण भन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन्। विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

    मीन–दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

    मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ। सभा समारोहमा सरिक हुने सम्भावना छ। न्यायिक कार्यमा सफलता पनि मिल्ने छ।