प्रहरीले सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै - Chaitanya News
  • 2026-04-25
  • 19:02:48
  • शनिबार,बैशाख १२, २०८३
  • प्रहरीले सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै

    प्रहरीले सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै

    सप्तरी– सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ।

    सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए।

    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताए।

    उनका अनुसार सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ।

    सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्।