१७ प्रतिशत कर्मचारी हटाउँने म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईको तयारी - Chaitanya News
  • 2026-05-04
  • 11:29:19
  • सोमबार,बैशाख २१, २०८३
  • १७ प्रतिशत कर्मचारी हटाउँने म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईको तयारी

    १७ प्रतिशत कर्मचारी हटाउँने म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईको तयारी

    काठमााडौँ– म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईले १७ प्रतिशत कर्मचारी हटाउने तयारी भएको छ।

    तेस्रो चरणको कटौतीअन्तर्गत सो कर्मचारीहरु हटाउने भएको हो। आउँदो चुनौतीको सामना गर्न कम्पनीको आकार महत्त्वपूर्ण रहेको कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत डेनियल एकले बताएका छन्।

    सुस्त आर्थिक वृद्धि र बढ्दो लागतलाई रोजगारी कटौतीको कारण भन्दै उनले कर्मचारीलाई एक ‘नोट’ पठाएका छन् ।स्पोटिफाईमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन्।