चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा (सूचीसहित) - Chaitanya News
  • 2026-05-03
  • 06:45:11
  • आइतबार,बैशाख २०, २०८३
  • चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा (सूचीसहित)

    चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा (सूचीसहित)

    काठमाडौँ– चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको छ।

    आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अङ्क पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रूपमा सार्वजनिक गरेको हो।

    रम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। उनीहरूमा डा। कृष्णसागर शर्मा, प्रा.डा.गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ छन्।

    त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन्।

    प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।

    हेर्नुहोस् सूची: