रास्वपाले बनायो स्वर्णिम वाग्लेलाई रास्वपा उपसभापति, सुमनालाई सहमहामन्त्री - Chaitanya News
  • 2026-11-16
  • 08:29:05
  • सोमबार,मंसिर ०१, २०८३
  • रास्वपाले बनायो स्वर्णिम वाग्लेलाई रास्वपा उपसभापति, सुमनालाई सहमहामन्त्री

    रास्वपाले बनायो स्वर्णिम वाग्लेलाई रास्वपा उपसभापति, सुमनालाई सहमहामन्त्री

    काठमाडौं– रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।

    महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ।

    यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन्।

    यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन्। उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन्। महामन्त्रीमा मुकुल ढकाल यथावत् छन्। प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन्।

    पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी छन्।

    पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ स‌ंगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।