सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्यो - Chaitanya News
  • 2026-05-03
  • 06:45:14
  • आइतबार,बैशाख २०, २०८३
  • सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्यो

    सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्यो

    काठमाडौँ– सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। आज (बुधबार)(बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले न्याय परिषद्‌को सिफारिस अनुसार उनीहरूलाई तोक्ने निर्णय गरिएको एक मन्त्रीले बताए।

    मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त पदमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। कुँवर उच्च अदालतका न्यायाधीश हुन्।

    विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको थियो। उनीहरूलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ।