मेरो नाम लिएर कसैले भोट नमाग्नु होला : साम्पाङ - Chaitanya News
  • 2026-04-22
  • 10:40:34
  • बुधबार,बैशाख ०९, २०८३
  • मेरो नाम लिएर कसैले भोट नमाग्नु होला : साम्पाङ

    मेरो नाम लिएर कसैले भोट नमाग्नु होला : साम्पाङ

    काठमाडौं– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन्।

    मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारेका छन्।

    ‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन। कसैले मेरो नाम लिएर भोट नमाग्नु होला। यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन्।