लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष) - Chaitanya News
  • 2026-06-07
  • 02:22:19
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

    लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

     

    प्रश्न नं. १.  नेपालको अन्त्तराष्ट्रिय तथा वैदेशिक सम्बन्धलाई भू-राजनीतिक परिवेशका आधारमा विश्लेषण गर्नुहोस। ठुला छिमेकीहरूको वीचमा रहनुले नेपालले वैदेशिक सम्बन्धमा के कस्ता अवसर र चुनौतीहरू हुन सक्दछन। नेपालले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउँदै आर्थिक विकास र समुन्नति हासिल गर्न वैदेशिक सम्बन्धमा कस्ता रणनीतिका आधारमा अगाडि बढाउनुपर्छ, कार्यान्यवन योग्य ढाँचा प्रस्तुत गर्नुहोस। २५

     

    नमूना उत्तर ढाँचा:

     

     भूराजनितिक परिवेशमा नेपालको अन्त्तर्राष्ट्रिय सम्बन्धलाईः वर्तमान र भविष्य

     

    परिचयः

    • नेपालको भू-राजनीतिक संवेदनिशिलता – ठुला छिमेकी, रणनीतिक महत्वको अवस्थित तथा बदलिदो

    बिश्व परिवेश:

    • यसबाट सिर्जित चुनौतीहरू र हाम्रा कमजोरीहरू – आर्थिक, नैतिक तर राष्ट्रप्रेम
    • कमजोरी सच्याउने, चुनौती सामना गर्न रणनीति रूपमा बैदेशिक नीति सञ्चालन गर्नुपर्ने आवश्यकता

     

    क) नेपालको भूराजनीतिक परिवेश र अन्त्तराष्ट्रिय सम्बन्ध

    नेपालको भूराजनितिक परिवेश:

    • अवस्थितः ठुला छिमेकी र प्रतिस्पर्धि छिमेकी
    • भूपरिबेष्ठितता, खुला सीमाना र उत्तरतर्फ को प्राकृतीक सीमा र अबरोधहरु
    • कम विकसितता, प्राकृतिक श्रोतको प्रचुरता र सांस्कृतिक धार्मिक सम्पदा र विविधता

     

    अन्त्तराष्ट्रिय सम्बन्ध

    • धेरै देशसंगको मैत्री सम्बन्ध तथा भारतसंगको विशेष सम्बन्ध
    • व्यापार, श्रम, लगानी, सहायता, ऋण
    • अन्त्तरआबद्धता द्विपक्षीय, उप-क्षेत्रीय, क्षेत्रिय र बहुपक्षीय सम्बन्ध
    • परराष्ट्र नीतिका सिद्धान्तहरू- पञ्चशिल, असंलग्नता, समदुरि, विश्व शान्ति र संयुत्त राष्ट्रसंघको बडापत्र

     

    ख) भू-राजनीतिबाट सिर्जित अवसर र चुनौतीहरू

    भूराजनिति – चुनौती र अवसर दुवै हो ।

    चुनौती

    • स्वतन्त्र र सन्त्तुलित परराष्ट्र नीतिको सञ्चालन गर्नु
    • सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सीमाको र राष्ट्रिय स्वार्थको सुरक्षा गर्नु
    • खाद्य सुरक्षा, उर्जा सुरक्षा, लगायतका नवीनतम सुरक्षा आयामहरू प्रभावकारी बनाउनु
    • व्यापारका पूर्वाधार, अन्तरआबद्धता र आर्थिक कुटनीतिको परिचालन
    • प्राकृतिक श्रोतको उपयोग र परिचालनमा राष्ट्रिय स्वार्थ, हीतको सुरक्षाको चुनौती
    • आतंकवाद, अवैध मुद्रा कारोबार, मानव तस्करी, प्राकृतिक श्रोत र प्रतिबन्धित वस्तुको तस्करी रोक्ने चुनौती

     

    अवसर

    • पारवहन अर्थतन्त्र (Transit Economy) को अवसर
    • प्राकृतिक श्रोत साधनको उपयोगबाट आउन सक्ने आर्थिक अवसर
    • सांस्कृतिक, पुरातात्विक धार्मिक सम्पदाबाट सिर्जित अवसर
    • विविधता, प्राचिनता र स्वतन्त्रताबाट सिर्जित अवसर र सबल पक्षहरू
    • नेपालीको अन्त्तर्राष्ट्रिय पहिचान, वीरताको ईतिहास, संयुक्त राष्ट्रसंघमा योगदान लगायतका अन्त्तराष्ट्रिय समुदाय र छिमेकीसंगको असल सम्बन्धबाट सिर्जित अवसरहरू
    • नजिककको ठुला छिमेकीका कारण व्यापार, व्यवसाय, मूल्य शृंखलामा आबद्ध हुन सक्ने अवसरबैदेशिक सहायता, साझेदारी, सहकार्यका अवसरहरू

     

    ग)  बैदेशिक सम्बन्ध र परराष्ट्र नीतिका रणनीतीहरू

    • छिमेकी र अन्य देशसंगको द्धिपक्षीय सम्बन्ध सुमधुर र मजबुत बनाउँदै आपसी हीत, पारस्परिकता समान आधारमा सम्बन्ध विस्तार गर्ने
    • अन्त्तराष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिका सम्बन्धमा बृहत राष्ट्रिय सहमति र समझदारी गर्ने र त्यसलाई सबै पक्षले पालना गर्ने
    • अन्त्तर्राष्ट्रिय सीमा सुरक्षा गर्ने, वार्ता द्वारा सीमा विवाद समाधान गर्ने, सीमाको वैज्ञानिक व्यवस्थापन गर्ने
    • “नजिकका छिमेकी, पुराना मित्रहरू, रेमिटेन्स पठाउने र श्रम आप्रवासनमा जाने देशहरू, धेरै विकास सहायता परिचालन गर्ने राष्ट्रहरू शुभेच्छुक राष्ट्रहरूसंग असल सम्बन्ध विकास गर्ने”- MRA
    • द्वपक्षीय सन्धि सम्झौतालाई राष्ट्रिय हीत अनुकूल हुने गरी पुनरावलोकन तथा परिमार्जन गर्ने आवश्यकता अनुसार नयाँ सम्झौता गर्ने (पारवहन, व्यापार तर वाणिज्य, श्रम, लगानी आदि)
    • आतंकवाद, अवैध कारोबार, मानव तस्करी, प्राकृतिक श्रोत र प्राकृतिक वस्तुको तस्करी रोक्ने साझेदारी गर्ने

     

    घ) कार्यान्वयन ढाँचा

    क्र.स क्रियाकलाप जिम्मेवार निकाय सहयोगि निकाय लागत समयसीमा अनुगमन सूचक उपलब्धी जोखीम पक्ष
    १. छिमेकी र अन्य देशसंगको द्विपक्षीय सम्बन्ध र मजबुद बनाउँदै आपसी हीत,पारस्परिकता सम्बन्ध विस्तार गर्ने परराष्ट्र मन्त्रालय सम्बन्धित विषयगत मन्त्रालय नियमित बजेट निरन्तर द्विपक्षीय कु टनीतिक) आदानप्रदान संख्या (बढेको                  –
    २. अन्त्तराष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिका सम्बन्धमा बृहत राष्ट्रिय सहमति र समझदारी गर्ने र त्यसलाई सबै पक्षले पालना गर्ने              – निजी क्षेत्र, राजनीतिक दल                –                 –                       –                   –
    ३. अन्त्तराष्ट्रिय सीमा सुरक्षा गर्ने, वार्ता द्वारा सीमा विवाद समाधान गर्ने, सीमाको वैज्ञानिक व्यवस्थापन गर्ने परराष्ट्र मन्त्रालय                –                –                 –                       –                    –
    ४. नजिकका छिमेकी, पुराना मित्रहरू, रेमिटेन्स पठाउने र श्रम आप्रवासनमा जाने देशहरु, धेरै विकास सहायता परिचालन गर्ने राष्ट्रहरू र शुभेच्छुक राष्ट्रहरूसंग असल सम्बन्ध विकास गर्ने             –               –               –                 –                       –                   –
    ५. द्विपक्षीय सन्धि सम्झौतालाई राष्ट्रिय हीत अनुकूल हुने गरी पुनरावलोकन तथा परिमार्जन गर्ने आवश्यकता अनुसार नयाँ सम्झौता गर्ने (पारवहन, व्यापार तथा वाणिज्य, श्रम, लगानी आदि)             –               –              –                 –                       –                   –
    ६. आतंकवाद, अवैध कारोबार, मानव तस्करी, प्राकृतिक श्रोत र प्रतिबन्धित वस्तुको तस्करी रोक्ने साझेदारी गर्ने             –              –              –                –                      –                   –

    माथिका सुझावहरूलाई दिएको ढाँचामा जिम्मेवार निकाय, सहयोगी निकाय तोके र अनुगमन र मूल्यांकनका सूचकसमेत विकास गरी कार्यान्वयन  गर्नुपर्छ ।

     

    निष्कर्ष:

    • जटिल भूराजनीति र आन्त्तरिक विविधता र राष्ट्रिय समझदारीको कमी
    • छिमेकी, क्षेत्रिय र अन्त्तराष्ट्रिय सन्त्तुलनमा नेपालले परिपक्व वैदेशिक सम्बन्ध काय गनुपर्ने
    • त्यसका लागि राजनीतिक ईमान्दारीता, रणनीतिक अभिमुखीकरण र कुटनीतिक क्षमता विस्तार

     

     

    प्रश्न नं. २. आवधिक विकास योजनाको औचित्यका सम्बन्धमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु राख्ने गरिन्छ। आवधिक योजना तर्जुको सैद्धान्तिकआधार उल्लेख गर्दै नेपालमा आवधिक योजनाको औचित्यता पुष्टि गर्नुहोस। ५+ १०

     

    नमूना उत्तर ढाँचा:

    पष्ठृभूमि:

    योजना उपलब्ध स्रोत साधनको विवेकपूर्ण परिचालन गरी निर्दिष्ट अवधिमा निर्धारित  लक्ष्य र उद्देश्य प्राप्तिको खाका दस्तावेज हो। कुनै पनि मलुकुको आर्थिक सामाजिक विकासको उद्देश्य पूरा गर्न निश्चित अवधिभित्र हासिल गर्न लिइने लक्ष्य, नीति, रणनिति तथा कार्यक्रम र त्यस्ता कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि चाहिने स्रोत साधनको व्यवस्था र स्रोतबाट प्राप्ती हने नतिजा सहितको दस्तावेजको रुपमा योजनालाई बझिन्छ। नेपालले हालसम्म १४ वटा विकास योजना कार्यान्वयन सम्पन्न गरी १५ औ योजना कार्यान्वयन गरिरहेको छ।

     

    योजना तर्जुमाका सैद्धान्तिक आधार:

    १. सन्तुलित विकासको अवधारणा कुनैपनि मलुकुमा विद्यमान आर्थिक, सामाजिक र भौगोलिक असमानतालाई सम्बोधन गर्न योजनाबद्ध प्रयास आवश्यक पर्ने।

    २. दिगो विकासको अवधारणा विकास प्रयासलाई दिगो भविष्यपरक दृष्टिकोणबाट अगाडी बढाउनपर्ने। विकास प्रयासका नतिजाले भविष्य समेत सुनिश्चित गर्न सक्नपुर्ने दृष्टिकोण ।

    ३. विकासमा प्राथमिकरण स्रोत र क्षमताको समितिका कारण सबै कामहरु एकै पटक गर्न संम्भव छैन। विकासका क्रियाकलापलाई प्राथमिकिकण गर्न योजना आवश्यक हन्छ ।

    ४. बजार असफलतालाई सुधार गर्ने: बजारले मात्र आर्थिक क्रियाकलापलाई कुशलता पूर्वक निर्दशित गर्छ भन्ने मान्यता ठीक होइन। निजी क्षेत्र नाफा मखि हुने भएकोले सार्वजनिक हित प्रवद्धन गर्न सरकारको हस्तक्षेप आवश्यक छ।

    ५. रोजगारीमूलक विकास:  सरकारका वlकास प्रयासहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्छ ।

    ६. सामाजिक न्याय कायम गर्न विभेद गरिएका र पछाडि पारिएका क्षेत्र र वर्गका  लागि योजनाबद्ध विकासको माध्यमबाट मूल प्रवाहिकरण गरी सामाजिक न्याय कायम गर्नुपर्छ ।

     

    नेपालमा आवधिक योजनाको औचित्यता:

    नेपालले लामो समयदेखि विकास योजना कार्यान्वयन गर्दा समेत  मलुकुको विकासको स्तर कमजोर रहेको छ ।खासगरी देहायका समस्याका कारण विकास योजनाले अपेक्षित नतिजा दिन सकेन।

    १. योजना बढी महत्वाकांक्षी हनु।

    २. राजनैतिक नेतृत्वले योजनाको स्वामित्व नलिनु।

    ३. योजना र बजेट बीचको तादम्यता कमजोर हनु ।

    ४. आवधिक योजना महत्वाकांक्षि हनु र नियमित समीक्षा र पनुरावलोकन नहनु।

    ५. आवधिक योजनाका नीतिहरु कार्यान्वयनमा फितलो हनु।

    ६.  आवधिक योजना अनरुप निजी क्षेत्रलाई परिचालन गर्न नसक्न।

    ७. संघीय योजना र प्रदेश तथा स्थानीय तहका योजना बीचको कमजोर अन्तरसम्बन्ध ।

    ८. योजनामा राम्ररी प्राथमिकिकरण नहनु।

    ९.  योजना तथा आयोजना र कार्यक्रमको नियमित अनगुमन र मूल्यांकन नहनु।

     

    यी विद्यमान समस्याका कारण आवधिक योजनाको औचित्यतामा प्रश्न उठ्ने गरेको छ। आवधिक योजना कार्यान्वयनमा इमान्दारिता नहुँदा यी प्रश्न उठ्ने गरेको भएपनि देहायका कारण आवधिक योजना तर्जुमा गरी अगाडि बढ्न आवश्यक छ।

    १. निजी क्षेत्र र विकास साझेदारलाई दिशा गर्ने : योजनाले नीजी क्षेत्रको भूमिकालाई समेत पपरिभाषीत गर्नुपर्ने हुन्छ ।

    २. चरम गरिबी : मलुकुमा करीब १८ प्रतिशत मानिसहरु अझै पनि गरिबीको रेखामुनि रहेका छन।सरकारको गरिब लक्षित कार्यक्रम छनौट गरी प्रभावकारी कार्यान्वयन जरुरी छ।

    ३. सामाजिक र आर्थिक असमानताको अन्त्य गर्न विद्यमान जातिय,  वर्गिय, लैंगिक भौगोलिक असमानताको अन्त्य गर्न योजना बद्ध विकास प्रयास आवश्यक छ।

    ४. संघीय योजना तथा प्रदेश र स्थानीय तहसँगको अन्तरसम्बन्ध बलियो पार्न।

    ५.  स्रोतसाधन र विकास क्रियाकलापलाई प्राथमिकिकण गर्न छरिएर रहेका र प्राथमिकिकण नगरिएका विकास कार्यक्रमलाई सुधार गर्न।

    ६. बहुआयामिक विकासलाई अगाडी बढाउन : मानव विकासका सबै पक्षहरुलाई विकास प्रक्रियाले सम्बोधन गर्न सक्नु पर्छ ।

    ७. दिगो विकास हासिल गर्न र्दिगो विकासका लक्ष्यहरु हासिल गर्न र समुन्नत राष्ट्र बन्ने दिर्घकालीन  सोचलाई पुरा गर्न ।

    ८. विकासका प्रयासहरुमा आम सहमति कायम गर्न विकास योजना तर्जुमा सहभागितामुलक हुन्छ ।

    ९. वार्षिक बजेट र कार्यक्रम छनौटको आधार गर्न

    १०. नतिजामुखि विकासको आधार साकार पार्न

     

    निष्कर्षः

    विकास योजनाको सफलता यसको कार्यान्वयन प्रतिवद्धतामा भर पर्छ । विकास योजनामा उल्लेखित क्रियाकलापलाई वार्षिक बजेट मार्फत  कार्यान्वयन गर्ने कुरामा विशेष ध्यान र्दिन सके यसको सान्दर्भिकता पुष्टि हन्छ । योजना कार्यान्वयन फितलो हुँरदा औचित्यमा प्रश्न उठेको भएपनिसिमित स्रोत साधनलाई परिचालन गरी बहआयामिक विकास प्रक्रिया अगाडि बढाउन योजना एउटा रोडम्याप बन्न सक्छ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100