सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनका साझा प्रतिवद्धता सार्वजनिक - Chaitanya News
  • 2026-04-25
  • 17:07:51
  • शनिबार,बैशाख १२, २०८३
  • सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनका साझा प्रतिवद्धता सार्वजनिक

    सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनका साझा प्रतिवद्धता सार्वजनिक

    काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नं. १ को लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

    आज विहान क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा सुबोध, क्षेत्र नं. १ को प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं. १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले एकैसाथ सामाजिक सञ्जाल मार्फत प्रतिवद्धता सार्वजनिक गरेका हुन्।

    प्रतिवद्धता पत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारी कायम गरी निर्वाचन क्षेत्रको समग्र विकास अगाडि बढाउन संयुक्त पहल र प्रयत्न गरिने उल्लेख गरिएको छ।

    भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ। ‘सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत, पर्यटन, कृषि र व्यापार को नारालाई सार्थकता प्रदान गर्न पहल गरिने साझा घोषणापत्रमा उल्लेख गरिएको छ।