काठमाडौं– अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। आयुर्वेदिक उपचारमा अमलालाई औषधीको रूपमै प्रयोग गर्ने गरिन्छ। अमलामा विभिन्न रोगहरू निको पार्ने क्षमता हुन्छ। यो पतझर रूख हो। यो घाममा राम्रोसँग आउनसक्ने भएकाले यो तराई र तल्लो पहाडी भागमा पाइन्छ।
यसलाई भिटामिनको राम्रो सोत मानिन्छ जसले गर्दा अमलाको रूखको फेदमा त्यसको छायामा बस्नाले मात्रै पनि अनेक रोगहरू निको हुन्छ।
अमला खानुका फाइदाहरू:
१. प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरू हुन पाउदैनन् साथै ग्यास्टिक पनि केही हदसम्म निको हुन्छ।
२. अमलाको दैनिक सेवन गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ। मृगौलासँग सम्वन्धित रोगहरू लाग्दैनन्।
३. अमलाको जुस बनाएर खानाले रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ, दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न पाउदैनन्।
४. अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।
५. दैनिक अमलाको जुस अथवा जाम खाएर दूध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।
६. अमलाको सेवनले आखाको ज्योति अझ बढी शक्तिशाली बनाउछ।
७. अमलाको सेवन गर्नाले चिसोमा हुने रूघाखोकीबाट छुटकारा पाइन्छ।