लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष) - Chaitanya News
  • 2026-06-07
  • 02:33:52
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

    लोकसेवा तयारीमा रहनु भएका महानुभावहरुका लागि निकै उपयोगी सामग्री (विषयगत प्रश्नाेत्तर-सह/उपसचिव विशेष)

     

    प्रश्न नं.१. वैदेशिक रोजगारी, विप्रेषण, आयात र उपभोग हाम्रो अर्थतन्त्रको संरचनागत विशेषता बनेर बसेको छ। अनियन्त्रित आयात र खस्कदो उत्पादनका कारण कमजोर बन्दै गएको निर्यातबाट सिर्जित तिब्र व्यापार घाटा पूर्ती गरी बाह्य सन्त्तुलन गने औषधिका रूपमा विप्रेषणबाट प्राप्त वैदेशिक विनिमयलाई प्रयोग गररएको छ। कोभिडको समयमा विप्रेषण आयमा कमी आयो । लगत्तै पछि कोभिडको समयमा सुस्ताएको आन्तरिक अर्थतन्त्र तंग्निने प्रयास गर्दा कर्जा प्रबाह र वैदेशिक मुद्राको माग पनि बढ्यो। फलस्वरूप: बैंकिङ्ग  तरलता र वैदेशिक विनिमय सञ्चितिमा दबाब परेकोले कसिलो मौद्रिक नीति ल्याउनुपर्‍यो। यसले लगानी र पूंजी प्रवाह कम गर्ने  निश्चित छ। राज्यले लिएको तिब्र र फराकिलो आर्थिक वृद्धिमा यसले नकारात्मक असर पार्ने कुरा निश्चित जस्तै छ। अर्थतन्त्रको एक चौथाईभन्दा ठुलो हिस्सामा रहेको विप्रेषण र निर्यातको अनुपातमा दश गुना ठुलो आयातलाई तुरुन्त्तै कम गर्न सकिने अवस्था पनि छैन। यस सन्दर्भमा नेपालको श्रम र रोजगारीको क्षेत्रमा देखिएका समस्या र चुनौतीहरू ववश्लेषण गर्नुहोस। आन्तरिक उत्पादन/उत्पादकत्व बृद्धि गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्त्य गर्दै वैदेशिक रोजगारीलाई सम्मानजनक र सुरक्षित बनाउन श्रम तथा उद्यमशिलताको क्षेत्रमा गर्नुपर्ने नीतिगत, रणनीतिगत र कार्यक्रमगत सुझावहरू तयार गर्नुहोस् । २५

    नमूना उत्तर:

    आन्त्तरिक तथा वैदेशिक रोजगारीको अवस्था,  समस्या र आगामी कार्यदिशा

    विषय प्रवेश :

    उत्पादनमूलक रोजगारी सिर्जना  गरी मुलुकमा उपलब्ध श्रमशक्तिको उपयोगबाट आर्थिक वृद्धि र समृद्धि हासिल गर्न सकिन्छ । न्यनतम आन्त्तरिक रोजगारीको प्रत्याभूत गरी बाध्यात्मक बैदेशिक रोजगारी अन्त्त्य गर्न र सम्मानजनक, सुरक्षित र भरपर्दे वैदेशिक रोजगारीलाई विकल्पको रूपमा विकास गर्न आर्थिक, वित्तीय र श्रमको क्षेत्रमा संरचनात्मक सुधार गर्न आवश्यक छ। यस सन्दर्भमा नेपालमा श्रम तथा रोजगारीको क्षेत्रमा देखिएका समस्या चुनौती र सुधार गर्नुपर्ने  विषयहरू निम्नानुसार प्रस्तुत गररएको छः

    (क) श्रम तर रोजगारीको क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरू:

    १. आयातमा निर्भर उपभोग, विप्रेषणमा निर्भर पारिवारिक आम्दानी तर वैदेशिक सञ्चिति, भन्सार र व्यापार करमा निर्भर राजस्वले अर्थतन्त्रमा संरनागत समस्या सिर्जना गरेको छ।

    २.  विस्तारकारीले मौद्रिक नीतिले सहज कर्जा वृध्दि गराई उपभोग र आयात बढाएको छ तर संकुचनकारी नीति अपनाउँदा राजस्व घट्ने, उत्पादन घट्ने र व्याजदर बढ्ने भएकोले आर्थिक र वित्तीय अवस्था कठिन चरणबाट गुज्रिरहको छ।

    ३. खुकुलो मौद्रिक र वित्तीय नीतिहरु कारण उत्पादनमूलक क्षेत्रमा व्यवसायिक वातावरण बन्न सकेको छैन । विप्रेषण आयलाई उत्पादनसंग जोड्न चुनौतीपूर्ण छ।

    ४.  कृषि क्षेत्रमा रहेको अनुत्पादक श्रमलाई उधोग र सेवा क्षेत्रमा स्थान्त्तरण गर्न सकिएको छैन,देशमा औधोगिक लगानीको वातावरण, वैदेशिक पुँजी प्रविधि आकर्षण, सीपयुत्त जनशत्तीको विकास गरी आन्त्तरिक रोजगारी सिर्जना गर्न सकिएको छैन। रोजगारीको लागि युवा जनशक्तिको ठूलो हिस्सा श्रम आप्रवासनको भर पर्नु परेको छ। तर श्रम आप्रवासन पर्याप्त सुरक्षित छैन । न्युन सीपयुक्त कामबाट प्राप्त प्रतिश्रमिक  विप्रेषण आय पनि न्युन छ।

    ५.  श्रम आप्रवासनमा सुशासनको समस्या छ, निजी क्षेत्रलाई जिम्मेवार बनाउन सकिएको छैन भने श्रम आप्रवासन सेवा प्रभावकारी छैन, श्रमिकहरू श्रम आप्रवासनको सबै चरणमा ठगिनुपरेको छ भने कतिपय अवस्थामा मानव तस्करहरूको पासोमा परेको देखिन्छ ।

    ६.  निजी क्षेत्रमा उत्पादनमूलक उद्योग स्थापना गरी रोजगारी, उत्पादन र आय वृद्धि गर्न सकिएको छैन, पूर्वाधारको अवस्था र लगानीको वातावरण कमजोर छ, हाल आएर कर्जाको उपलब्धता घटेको छ, व्याजदर बढ्दै गएकोले शिथिल क्षेत्र झन  शिथिल  बन्दै गईरहेको छ।

    ७.  सरकारले श्रम बजारमा गरेका नीतिगत हस्तक्षेपहरूले नतिजा दिन सकेका छैनन दिगो रोजगारी सिर्जना  र आय वृद्धिका कार्यक्रमहरूको डिजाईन र कार्यान्यनमा भएका कमजोरीका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकिकरण कार्यक्रम, प्र.म  कृषि आधुनिककरण परियोजना आदिले नतिजा दिन सकेनन , कार्यक्रम तर्जुमा र कार्यान्वयनमा संस्थागत क्षमता कमजोर रहेको छ।

    ८. जनशक्तिको सीप, उद्यमशिलता विकास, जोखिम वहन, नवप्रर्तन गर्न सक्ने गरी शिक्षा र तालिम कार्यक्रमहरू पर्याप्त र सटिक छैनन,  सीपको नक्शांकन र सीप मिलान प्रणाली (Skill Matching platform) छैनन, अनौपचारीक रोजगारीको ठुलो हिस्सा छ, माग बमोजिमको शिक्षा र सीपको रणनितिक योजना छैन।

    ९.  लचिलो र सकारात्मक औधोगिक श्रम सम्बन्ध विकास गर्न सकिएको छैन। नेपाली श्रम भन्दा भारतीय श्रमप्रति उद्योगको आकर्षण छ किनकी उनीहरूप्रति सामाजिक सुरक्षा दायीत्व छैन, उत्पादकत्व बढी छ, ज्यालादर न्युन छ। यस कुरालाई आन्त्तरिक श्रम र श्रमिकको सामाजिक सुरक्षा प्रणालीले थप बल पुर्‍याएको छ।

     

    श्रम र उद्यशिलताको क्षेत्रमा सुधार र कार्यान्वयन गर्नुपने नीतिगत, रणनीतिगत तर कार्यक्रम सुझावहरू:

    • श्रम नीति मार्फत
    • आर्थिक, वित्तीय नीति
    • उत्पादन, उत्पादकत्वका नीतिहरू
    1. रणनीति १- रोजगारी र स्वरोजगारीका अवसर सिर्जना
    • कार्यक्रम १- स्थानीय ज्ञान, परम्परागत ज्ञान र सीपको विकास र विस्तार
    • कार्यक्रम२ – युवा, महिला, बेरोजगार लक्षित उधमशिलता विकास तालिम
    • कार्यक्रम ३-व्यवसायीक सीप विकास र तालिम संस्थाहरूको क्षमता विस्तार
    • कार्यक्रम ४- सीपमूलक शिक्षा, पाठ्यक्रम (विद्यालय, विश्वविद्यालय सबैतहमा)
    1. रणनीती २- वित्तीय पहुँच विस्तार
    • कार्यत्रम १ – कृषि, उद्यमशिलता, व्यवसाय, साना लघु तथा घरेलु उद्योग र व्यवसाय लक्षित कर्जा  विस्तार गर्ने
    • कार्यत्रम २ – नवप्रवर्न र जोखीम कोष, युवा उद्यमशीलता कोष, स्वरोजगार कोषको सञ्चालन
    • कार्यत्रम ३- प्रमाणपत्र, परियोजना अवधारणा, कम्पनी गुडवीलका आधारमा कर्जा प्रवाह, वीमा र पुनर्बीमा मार्फत सुरक्षण

     

    1. रणनीति ३- कम्पनी दर्ता, उद्योग तथा, उद्योग प्रसाशन सरलीकरण, सेवा प्रभावकारीता, छुट सुविधा र प्रोत्साहन
    • कार्यक्रम१-साना लघु, उत्पादनमूलक, निर्यातमूलक उद्योगहरूलाई प्रोत्साहन
    • कार्यक्रम २-उद्योग दर्ता , नवीकरण, कर दाखिला, ट्रेड मार्क पेटेन्ट दर्ता आदिका सरलीकरण , सहजीकरण
    1. रणनिति ४-श्रम सम्बन्धमा लचिलोपना, सुधार र असल श्रम, श्रम बजार व्यवस्थापन
    • कार्यक्रम १- प्रतिस्पर्धी श्रम बजारको सिर्जना, सूचना प्रवाह, श्रम पोर्टल स्थापना
    • कार्यक्रम २ – जनशित्त बैंकको स्थापना र आबद्धता , वैदेशिक रोजगारीको क्षेत्रमा रहेका निजी क्षेत्रका व्यवसायीहरूलाई आन्त्तरिक रोजगार एजेन्टको रूपमा रूपान्त्तरण
    1. रणनीति ५- बाह्य रोजगारीको क्षेत्रमा संरचनागत सुधार गरी सुरक्षित, भरपर्दे र उत्पादक बनाउने
    • कार्यक्रम१- श्रम कुटनीतिको सञ्चालनः सम्झौता, शर्त संरक्षण, सुरक्षा र सीपको मिलान
    • कार्यक्रम२- निजी क्षेत्र, रोजगारदाता र श्रमिकबीचको त्रि-पक्षीय संझौता र त्यसको कार्यान्वयन
    • कार्यक्रम ३- सीपको विविधीकरण र गन्त्तव्य देशको विविधीकरण मार्फत बढी आयमूलक र सुरक्षित बनाउने

    ६.  रणनीति ६- सुशासन र सेवा प्रवाह र श्रम बजारको औपचारीकीकरण

    • कार्यक्रम १- नlजी क्षेत्तलाई जिम्मेवार बनाउने गरी श्रम बजार व्यवस्थापन र संचालन
    • कार्यक्रम२- श्रम सेवा (स्वीकृति, बेरोजगार दर्ता, सीप प्रमाणीकरण, जब-खोज प्रणाली, रोजगारसूचना केन्द्रको प्रभावकारीता)

     

    अन्त्त्यमा:

    बाह्य रोजगारी नेपालको मात्र नभै विश्व अर्थतन्त्रको समेत विशेषता बनेर आईरहेको सन्दर्भमा यसमा रहेका कमजोरी हटाउँदै यसलाई बढी सुरक्षित र प्रतिफल बनाउनु आवश्यक छ । वैदेशिक रोजगारीलाई विकल्पका रूपमा मात्र प्रयोग गर्ने गरी आन्त्तरिक श्रम बजार र उधमशिलताका क्षेत्रमा रणनीतिगत हस्तक्षेप गरी रोजगारीका अवसर सिर्जना गर्ने सके मा मात्र जनसांख्यीक लाभको उपयोग गदै युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउन सकिन्छ। यसका लागि तहगत सरकारका निकायहरूले संरचनागत कमजोरीहरू केलाएर श्रम, जनशत्ति विकास र उद्यमशिलताको क्षेत्रमा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100