अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको अनेसास बिओटी पुरस्कार वितरण समारोह अमेरिकाको भर्जिनियामा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई पदम विश्वकर्मा सर्वोत्कृष्ट पुस्तकद्वारा सम्मानित गरिएको छ ।
नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएपावत् पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई रु. एक हजार डलर राशिसहित सम्मान गरिएको हो ।
त्यसैगरी, पुरस्कृत हुनेहरूमा रण काफ्ले भारत– रैथाने उपन्यास – अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २१०० डलर, महेश्वर पन्त– बोस्टन अमेरिका– बौलाहाको डायरी १००० डलर, श्री बाबु कार्की नेपाल निबन्ध शन्दिग्ध शताब्दी १००० डलर, कल्पना खरेल नेपाल– रानी तलाउ १००० डलर, गणेश कुमार जि सी नेपाल अरनिको एशिया १००० डलर, सिन्धु पौडेल इजरायल मृतसागरको उचाइबाट कविता संग्रह १००० डलर, डा गोविन्द आचार्य नेपाल, दड्गी उर्वशी,१००० डलर, निर्मोही व्यास नेपाल आवारा बादल नियात्रा १००० डलर, , खेम रिजाल, अमेरीका ऊर्जा ( गीत) ५०० डलर र मोहन सिटौला अमेरिका सुनिल पाठक बिशिष्ठ पुरस्कार २००० डलर प्राप्त गरेका छन् ।
उक्त पुरस्कारहरूको प्रायोजन प्रा.डा गोपी उप्रेती, रोहिणी शर्मा, डा. श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठक रहेका छन् ।