1. निजामती सेवा भन्नाले के बुझिन्छ ? यसका विशेषता उल्लेख गर्नुहोस् ।(५)
उत्तर:
- सामान्य अर्थमा गैरसैनिक तथा गैरप्रहरी चरित्रको एवं कानूनद्वारा निजामती सेवा वा पद होईन भनि तोकिएका पदबाहेकका सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ ।
- सरकार वा राज्यलाई नीति निर्माणमा सहयोग पुर्याउने एवं राज्य वा सरकारद्वारा निर्माण गरिएका नीतिलाई कार्यन्वयन गर्ने संयन्त्र हो निजामती सेवा ।
- निजामती सेवालाई स्थायी सरकार समेत भनिन्छ।
- राज्य संचालनको आधारभूत अंगको रुपमा रहेको निजामती सेवा नेपालमा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० द्वारा नियन्त्रित एवं निर्देशित रहेको छ ।
निजामती सेवाका विशेषता
- राज्यका अन्य सेवाहरुको मियोको रुपमा रहने निजामती सेवाका विशेषताहरु देहायबमोजिमका रहेका छन् ।
- निजामती सेवा गैरसैनिक चरित्रको रहेको हुन्छ।
- यो जनउत्तरदायी एवं जनमैत्री रहेको हुन्छ ।
- यो समय सापेक्ष एवं गतिशील हुन्छ ।
- यो सबै सरकारी सेवाको मार्गदर्शक सेवा हो।
- यो बहुआयामिक हुन्छ ।
2.सुचनाको हक सम्बन्धी ऐन, २०६४ का उद्देश्य के-के हुन् ? लेख्नुहोस् । (५)
उत्तर:
नागरिकले व्यक्तिगत एवं सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ। सूचनाको हक सम्बन्धी ऐन, २०६४ का उद्देश्य देहायबमोजिमका रहेका छन् ।
- राज्यका काम कारबाही खुला र पारदर्शी बनाई सरकारलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउनु
- सार्वजनिक सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउनु
- राज्य र नागरिकको हित प्रतिकूल हुने संवेदनशील सूचनाको संरक्षण गर्नु
- नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलित गराउनु
3.सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६४ मा व्यवस्था भए अनुसार प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु के-कस्ता तोकिएका छन् ? उल्लेख गर्नुहोस्। (५)
उत्तर:
सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६४ मा व्यवस्था भए अनुसार प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु देहायबमोजिमका तोकिएका छन्।
- आर्थिक उदारीकरण
- गरिबी निवारण
- सामाजिक न्याय
- प्राकृतिक तथा अन्य सार्वजनिक स्रोतको दीगो तथा कुशल व्यवस्थापन
- महिला सशक्तिकरण तथा लैङ्गिक न्यायको विकास
- वातावरणीय संरक्षण
- जनजाति, दलित तथा आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गको उत्थान
- दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रीय विकास।
4. सार्वजनिक सेवाप्रवाहको मूल्याङ्कनका आधार उल्लेख गर्दै सार्वजनकि सेवा प्रवाहमा सूचना प्रविधिको महत्व बारे लेख्नुहोस्। (१०)
उत्तर:
- राज्यको तर्फबाट जनताको हित एवं कल्याणको लागि उपलब्ध गराईने वस्तु वा सेवालाई सार्वजनिक सेवा भनिन्छ।
- राज्य वा सरकारले जनातासमक्ष सार्वजनिक सेवा पुर्याउने कार्यलाई सार्वजनिक सेवा प्रवाह भनिन्छ।
- सार्वजनिक सेवा प्रवाह राज्यको नियमित कार्य हो।
- सार्वजनिक सेवा प्रवाहको प्रभावकारीता एवं प्राप्त सार्वजनिक सेवाले प्रदान गरेको जनसन्तुष्टी तथा जनसमर्थन सहितको जनप्रगतीको निर्धारक तत्व नै सार्वजनिक सेवा प्रवाहका मूल्याङ्कनका आधार हुन् । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।-गुणस्तर
-पहुँच
– समन्याय
-प्रभावकारीता
-सान्दर्भिकता
-कार्यदक्षता
-प्रभाव
-दीगोपना आदि।
सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको महत्व
सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- सार्वजनिक सेवा प्रवाह प्रकृयालाई सरलीकरण गर्न
- सेवा प्रवाहका क्रममा लाग्ने समय तथा लागतमा न्यूनिकरण गर्न
- सार्वजनिक सेवामा आमनागरिकको सहज पहुँच अभिबृद्धि गर्न,
- स्रोत साधनको दीगो, कुशल एवं न्यायपूर्ण व्यवस्थापन गर्न
- सेवा प्रवाहमा पारदर्शीता कायम गर्न
- सार्वजनिक सेवा प्रदायकलाई उत्तरदायी बनाउन
- सेवा प्रवाहलाई जनमैत्री एवं प्रभावकारी बनाउन।
5. राष्ट्रिय परिचयपत्रको परिचय दिँदै यसको आवश्यकताबारे उल्लेख गर्नुहोस्। ५
उत्तर:
- नागरिकहरुको वैयक्तित तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो राष्ट्रिय परिचयपत्र ।
- यसमा व्यक्तिको पहिचान खुल्ने विभिन्न विवरणहरु राखिएको हुन्छ ।
- राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धमा विशिष्टिकृत निकायको रुपमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको गठन एवं संचालन गरिएको छ।
- यो विद्युतीय प्रणालीमा आधारित एकिकृत वैयक्तित विवरण हो।
- यसमा नदोहोरिने गरी प्रत्येक व्यक्तिलाई १० अंकको पृथक राष्ट्रिय परिचय नम्बर उपलब्ध गराईन्छ ।
राष्ट्रिय परिचयपत्रको आवश्यकता
राष्ट्रिय परिचयपत्रको आवश्यकतलाई देहायबमोजिम उल्लेख गरिन्छ ।
-नेपाली नागरिकहरुको वैयक्तित तथा जैविक विवरणहरुको केन्द्रीकृत अभिलेख तयार गर्न
-राष्ट्रिय पहिचान सहितको बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्न
-परिचय खुल्ने राष्ट्रिय परिचय नम्बर प्रदान गर्न
-नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधाहरुलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध गर्न
-राष्ट्रिय परिचयपत्र प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरुलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 270