कुन देशले के कारणले टिकटक बन्द गरेका छन् ? - Chaitanya News
  • 2026-11-19
  • 11:38:06
  • बिहिबार,मंसिर ०४, २०८३
  • कुन देशले के कारणले टिकटक बन्द गरेका छन् ?

    कुन देशले के कारणले टिकटक बन्द गरेका छन् ?

     

    सरकारले आज लोकप्रिय सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयमाथि पक्ष र विपक्षमा बहसहरू भइरहेका छन् । चिनियाँ लगानीको यो मोबाइल एप्लिकेसन यसअघि विश्वका २७ मुलुकमा प्रतिबन्ध भइसकेको छ ।

    कसैले डेटा सुरक्षाको कारण देखाएका छन् भने कसैले विद्वेस फैलाउने भ्रमित पार्ने, मिथ्या सूचना फैलाउने गरेका कारण यसलाई बन्द गरिएको बताएका छन् । नेपाल सरकारले सामाजिक सद्भाव विथोलेको दाबी गर्दै टिकटबन्द गर्ने निर्णय गरेको हो । निर्णय भए पनि आजै कार्यान्वयन भने भइसकेको छैन ।

    १) बेलायतः– सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

    २) अमेरिकाः– सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२

    ३) न्युजिल्यान्डः– न्ऋक्द्य को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिवन्ध सन् २०२३

    ४) क्यानडाः– गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

    ५) ताइवानः– राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२

    ६) बेल्जियमः– गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३

    ७) डेनमार्कः– साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिवन्ध सन् २०२३

    ८) पाकिस्तानः– जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०

    ९) अफगानिस्तानः– युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी

    १०) भारतः– गोपनियता, सुरक्षा जोखिम र टिकटकको द्यथतभम्बलअभ तभअजलययिनथ जोखिम देखाउदै टिकटक लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२०

    ११) सोमालियाः– गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३

    १२) अर्मेनियाः– विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

    १३) अजरवैजानः– नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

    १४) बंगलादेशः– पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१

    १५) इन्डोनेसियाः– धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८

    १६) ईरानः धार्मिक कारण देखाउदै सन् २०२३

    १७) जोर्डनः– प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२

    १८) अष्ट्रियाः– अष्ट्रियाको ष्लतभििष्नभलअभ कभचखष्अभ को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै सन् २०२३

    १९) ईस्टोनियाः– राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३

    २०) फ्रान्सः– म्बतब कभअगचष्तथ जोखिम देखाउदै त्ष्पतयप,त्धष्ततभच, ष्लकतबनचबm, ल्भताष्हि, ऋबलमथ ऋचगकज लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३

    २१) आयरल्यान्डः– साईवर सुरक्षा जोखिम देखाउदै सन् २०२३

    २२) लाटभियाः– सुरक्षा जोखिम देखाउदै सन् २०२३

    २३) माल्टाः– साईवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिवन्ध सन् २०२३

    २४) नेदरल्यान्ड ः– म्बतब उचयतभअतष्यल जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२

    २५) नर्वेः– राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिवन्ध सन् २०२३

    २६) अस्ट्रेलियाः– सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोबाइलमा प्रयोगमा प्रतिवन्ध सन् २०२३

    २७) कीर्गिस्तानः– यसै वर्षको अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै त्ष्पतयप प्रतिवन्ध लगाउने निर्णय गरेको छ।