अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्ससायर च्याप्टरले ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा कनकोडमा भव्य कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अथितिको रुपमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष्य गोर्वधन पूजा रहेका थिए । त्यसैगरी सभापतिको रुपमा न्यू ह्याम्ससायर च्याप्टरकी अध्यक्ष हरिमाया अधिकारी तथा विशिष्ट अथितिको रुपमा साहित्यकार महेश पौड्याल रहेका थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जिवनीबारे साहित्यकार रामचन्द्र भण्डारीले बोल्नुभएको थियो । यसै कार्यक्रममा साहित्यकार महेश पौड्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा हरिमाया अधिकारीको नेतृत्वमा भर्खरै चयन भएको नयाँ कार्य समितिको शपथ कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रममा साहित्यकारहरूले रचना वाचन गर्नुका साथै कलाकारद्वय हरिमाया अधिकारी र सागर खतिवडाले देउसी भैलोको गीतको प्रस्तुति दिएका थिए ।
सम्मानित स्रष्टा महेश पौड्यालले लक्ष्मीप्रसाद देवकोटाको चिन्तन सुरुबाट नै समावेशी तथा वैषयिक रहेको टिप्पणी गरे । साथै उनले लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको अनुवाद, अन्तराष्ट्रियकरण र बाल साहित्यको व्यवसायिक वृद्धिमा पहिलो पटक सार्थक पहल गरेको बताए ।
यो कार्यक्रमको संयोजन अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्ससायर च्याप्टरका प्रधान सम्पादक कवि इश्वरी भट्टले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष्य गोर्वधन पूजाले अनेसास नेपाली साहित्यको अन्तर्राष्ट्रय बिस्तारको लागि सदैव कटिबद्ध रहेको बताए ।