कुलेखानीको काखमा चैतन्य परिवार (फोटो फिचर) - Chaitanya News
  • 2026-11-19
  • 11:37:48
  • बिहिबार,मंसिर ०४, २०८३
  • कुलेखानीको काखमा चैतन्य परिवार (फोटो फिचर)

    कुलेखानीको काखमा चैतन्य परिवार (फोटो फिचर)

     

     

    कुलेखानी–१ जलविद्युत मकवानपुर जिल्लाको परियोजना हो। यसको क्षमता ६० मेगावाट छ।नेपालको बिध्युत ईतिहासलाई नियालेर हेर्ने हो भने विसं १९६७ सालमा पहिलो बिध्युत परीयोजनाको रूपमा चन्द्रज्योती ( फर्पिङ )  बिध्युतको निर्माण पछि , अन्य सो जस्तै योजनाहरु अघी सारीए । कुलेखानी जलबिध्युतले समग्र नेपाली बिध्युत क्षेत्रमा महत्त्व राख्ने गर्दछ । इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ ।यो ताल २०३८ सालमा बनेको हो । यसै परियोजना अन्तर्गत सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारण लाइनमा योगदान पु्र्याउने भएका छन् । त्यसयता यसले अनवरत ६० मेवा विद्युत् उत्पादन गरिरहेको छ ।

     

    यस सरोवरमा सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी बाँधबाट छ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पनि पुग्नेगर्छ। सो अवस्थामा पानीको गहिराइ १०७ मिटर हुन्छ । मनोरम तालले गर्दा राजधानीबाट फर्पिङ हुँदै कुलेखानीको यात्रा अनि दामनको यात्रामा यसको सुन्दरताले मोहित नहुने कमै होलान ।