लक्ष्मी पूजासम्बन्धी किवंदन्ती र पूजा विधि - Chaitanya News
  • 2026-11-19
  • 11:37:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • लक्ष्मी पूजासम्बन्धी किवंदन्ती र पूजा विधि

    लक्ष्मी पूजासम्बन्धी किवंदन्ती र पूजा विधि

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहारको आज तेस्रो दिन देशभर दीपावलीका साथ धनकी देवी लक्ष्मीको पूजा गरेर मनाईँदै छ । नेपालीले दशैंपछि दोस्रो ठुलो चार्डका रुपमा तिहारलाई मनाउने गर्दछन् ।

    लक्ष्मी पूजाको दिन गाउँघरको आँगन, पिँढी, दलान, चोटाकोठा गाईको गोबरले लिप–पोत गरेर सफा बनाइछ । शहरका घरमा पनि रङ्गरोगन गरेर सजाउने गरिन्छ । घरका झ्याल ढोका साथै, गाग्री लोटामा फूलका माला लगाएर सिँगार्ने गरिन्छ ।

    गरी मूलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

    दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लास पूवर्क द्यौसि–भैलो खेल्ने परम्परा रहेको छ ।

    लक्ष्मी पूजासम्बन्धी किम्बदन्ती
    सत्ययुगमा वामन अवतार भगवान् विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए । तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको मान्यता छ । यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएको हो ।

    पूजा विधि

    – सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ ।

    – लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।

    – त्यसपछि दीप प्रज्वलन गरि दियो, कलश र गणेशको पूजा गर्ने ।

    – लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरूको पण्डित वा तथा आफैं पूजा गर्ने ।

    – त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने ।

    – कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।