चैतन्य राशिफलः सिहंलाई सोचेजस्तो नहुने, अन्यलाई कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 11:38:03
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः सिहंलाई सोचेजस्तो नहुने, अन्यलाई कस्तो ?

    चैतन्य राशिफलः सिहंलाई सोचेजस्तो नहुने, अन्यलाई कस्तो ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेका समस्या समाधान हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउने समय छ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ। तर परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। काममा परिवारजनको साथ जुट्नेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    काम गर्न समय लाग्नेछ। तापनि सम्भावना खोजी गर्ने समय छ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, लाभ उठाउन सकिनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।